१ असोज, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपाली हिन्दु महिलाहरुको महत्वपूर्ण पर्व तीजले चेली र माइतीबीचको सम्बन्ध प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् ।
हरितालिका (तीज) २०८० का सन्दर्भमा सोमबार शुभकामना सन्देश जारी गर्नुहुँदै प्रमुख शर्माले हिन्दु महिलाहरुले खुशी र उमङ्गका साथ मनाउँने तीज पर्वले चेली र माइतीबीच सम्बन्ध प्रगाढ बनाउने उल्लेख गरेका हुन् । ‘भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने सांस्कृतिक एवम् धार्मिक महत्वको यस पर्वले चेली र माइतीबीचको सम्बन्ध प्रगाढ बनाउने विश्वास गरिन्छ ।’ प्रमुख शर्माले आफ्नो सन्देशमा भनेका छन् , ‘विविध भाषा, धर्म संस्कृति र चाडपर्वले धनी हाम्रो देश नेपालमा तीजलाई हिन्दु महिलाहरुले आफ्नो महत्वपूर्ण पर्व मान्दछन् । ’
देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायू र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै शर्माले तीजको सांस्कृतिक पक्षको मौलिक संरक्षण गर्नुपर्ने बताए । ‘आफ्नै मौलिक विशेषता बोकेको तीजको सन्देश र महत्वलाई जीवन्त राखेर हाम्रो सांस्कृतिक पक्षको मौलिक संरक्षण गर्नु हाम्रो दायित्व पनि हो ।’ शर्माले भने । उनले हाम्रा पर्वहरुले बोकेका सुरम्य तथा मोहक मौलिक परम्पराहरु विकृतिको पर्दाले नढाकिउन् भन्ने कुरामा सचेत रहन अत्यन्त जरुरी रहेको औल्याए ।
यो पर्व मनाइरहँदा यसले हाम्रो समाजमा विद्यमान सामाजिक तन्तुहरुको संरक्षण, सम्बर्द्धन गर्दै सहिष्णुतायुक्त समाज निर्माणमा पनि योगदान पुर्याउन आवश्यक रहेको शर्माले उल्लेख गरे ।
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...









-1789347794.jpg)








