१ असोज, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपाली हिन्दु महिलाहरुको महत्वपूर्ण पर्व तीजले चेली र माइतीबीचको सम्बन्ध प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् ।
हरितालिका (तीज) २०८० का सन्दर्भमा सोमबार शुभकामना सन्देश जारी गर्नुहुँदै प्रमुख शर्माले हिन्दु महिलाहरुले खुशी र उमङ्गका साथ मनाउँने तीज पर्वले चेली र माइतीबीच सम्बन्ध प्रगाढ बनाउने उल्लेख गरेका हुन् । ‘भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने सांस्कृतिक एवम् धार्मिक महत्वको यस पर्वले चेली र माइतीबीचको सम्बन्ध प्रगाढ बनाउने विश्वास गरिन्छ ।’ प्रमुख शर्माले आफ्नो सन्देशमा भनेका छन् , ‘विविध भाषा, धर्म संस्कृति र चाडपर्वले धनी हाम्रो देश नेपालमा तीजलाई हिन्दु महिलाहरुले आफ्नो महत्वपूर्ण पर्व मान्दछन् । ’
देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायू र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै शर्माले तीजको सांस्कृतिक पक्षको मौलिक संरक्षण गर्नुपर्ने बताए । ‘आफ्नै मौलिक विशेषता बोकेको तीजको सन्देश र महत्वलाई जीवन्त राखेर हाम्रो सांस्कृतिक पक्षको मौलिक संरक्षण गर्नु हाम्रो दायित्व पनि हो ।’ शर्माले भने । उनले हाम्रा पर्वहरुले बोकेका सुरम्य तथा मोहक मौलिक परम्पराहरु विकृतिको पर्दाले नढाकिउन् भन्ने कुरामा सचेत रहन अत्यन्त जरुरी रहेको औल्याए ।
यो पर्व मनाइरहँदा यसले हाम्रो समाजमा विद्यमान सामाजिक तन्तुहरुको संरक्षण, सम्बर्द्धन गर्दै सहिष्णुतायुक्त समाज निर्माणमा पनि योगदान पुर्याउन आवश्यक रहेको शर्माले उल्लेख गरे ।
१२ असोज, हेटौंडा । पाकिस्तानको मस्तुङ शहरमा बम विस्फोट हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ। विस्फोटमा परी...
१२ असोज, काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच प्रतिष्पर्धा...
१२ असोज, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र अमेरिकी उपविदेश मन्त्री जेनी वाईनीबीच...
१२ असोज, काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल आज चीनको छेन्दु जाँदै छन् ।...
१२ असोज, महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिका-५, खयरबनी चोकबाट प्रहरीले कटुवा पेस्तोलसहित एक भारतीय युवकलाई...
१२ असोज, हेटौंडा । मकवानपुरमा विभिन्न प्रकृतिका घटना, मुद्दा र त्यसमा संलग्नहरु पक्राउ पर्नेको संख्या बढ्दो...
१२ असोज, हेटौंडा । मकवानपुर जिल्ला खेलकुद विकास समितिले १० जना खेलाडीहरुको ५ लाख रुपैयाँका दरले सामुहिक दुर्घटना...
१२ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। हाल देशको पहाडी भू-भागमा आंशिक...
११ असोज, हेटौँडा । सव डिभिजन वन कार्यालय, हेटौडाको आयोजनामा विहिवार हेटौडामा समन्वय बैठक बसेको छ । सव डिभिजन वन...
४ असोज,हेटौँडा । हेटौंडामा श्रीमानको कुटाईबाट श्रीमती गम्भीर घाइते भएकी छिन् । बुधबार राति हेटौंडा–१४ नयाँ...
१ असोज, हेटौंडा । पुर्व-पश्चिम लोकमार्ग अन्तर्गत पथलैया-निजगढ सडकखण्डको जितपुरसिमरा-१६ बाह्रकिलोमा पिकअप भ्यान...
२९ भदौ,हेटौँडा । मकवानपुरका सामुदायीक विद्यालयमा कार्यरत शिक्षकहरुको हकहित विपरित भएको भन्दै हेटौँडामा शिक्षा...
३१ भदौ,हेटौँडा । मकवानपुरको मनहरी र मकवानपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतको सरुवा भएको छ । आइतबार...
३० भदौ,हेटौँडा । भदौ २७ गते हेटौँडास्थित सन्चो अस्पतालका डाक्टर विकास थापा तथा प्रशान्त विडारी माथि भएको...
११ असोज, हेटौंडा । हेटौंडा-६ चौघडाको दुई सहकारी संस्थामा गएराति चोरी भएको छ । चौघडामा रहेको जनकल्याण बचत तथा ऋण...
१ असोज, हेटौंडा । हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट विदेशी मुद्रासहित एक भारतीय पक्राउ परेका छन् । पक्राउ...
८असोज,हेटौँडा । पुर्व पश्चिम राजमार्ग अन्र्तगत चितवनको खुरखुरेमा दुइवटा यात्रुवाहक बस ठोक्किदा ३१ यात्रु...
१ असोज ,हेटौँडा । नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघ मकवानपुरको आयोजनामा यहि असोज १३ गते हेटौँडामा हुने...