Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

कला/संस्कृति

गणेश चतुर्थी व्रत पर्व आज मनाइँदै

ganesh-1695086548.jpg

२ असोज, हेटौंडा । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी व्रत पर्व आज मनाइँदै छ।
सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ। यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ।
शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ। आज हरितालिका (तीज) को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको छ ।
भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका बर्तालुले चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ।
बिहान हरितालिका (तीज) को व्रत समापनका लागि पारायण गरी मध्याह्नकालमा गणेशको पूजा आराधना गरी अघ्र्य दिनुपर्ने विधि रहेको छ । यस अवसरमा केही मानिसले भने गणेश चतुर्थीको व्रतसमेत गर्छन्।
मङ्गल चतुर्थीसमेत भनिने यो पर्वलाई नेवार समुदायले भने चथा पर्वका रूपमा मनाउँछ । यस दिन बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने चलन पनि नेवार समुदायमा रहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जनकपुरमा सहकारीको ८० लाख लुटियो
IMG_20240407_144147-1714987985.jpg

२४ बैशाख,ढल्केबर। धनुषामा एक सहकारी संस्थाका  कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ ।सोमबार बिहान जनकपुरधाम १८...

दीर्घरोगीलाई मात्रै अस्पतालमा राख्न भन्दै गृहद्वारा ३ बुँदे निर्देशन जारी
905x525-moha-1714987833.jpg

२४ बैशाख, काठमाडौँ । अनुसन्धानको क्रममा पक्राउ परेका पहुँचवालाहरूले हिरासत छल्ने गरेको भन्दै त्यसलाई रोक्न...

सभामुखद्वारा प्रमुख दलका शीर्ष नेताहरूको बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1714987431.jpg

२४ बैशाख, काठमाडौं ।  सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्न बैठक...

वर्षमान र झलनाथबीच भेटवार्ता
Screenshot_20240506_14511-1714986472.jpg

२४ बैशाख, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता...

सोमबार सुनको मूल्य बढ्यो
Gold-1714972569.jpg

२४ बैशाख, हेटौंडा ।  नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...

बागमती प्रदेशमा आज सार्वजनिक बिदा
bidaa-1714958666.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको बैशाख १२ गते बसेको...

थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714958226.jpg

२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा तल

२४ बैशाख, हेटौंडा । नेपालको जनसंख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ ।...

मकवानपुरगढीमा कृषि सम्बन्धी छलफल
Capture-1714955977.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरगढी गाउँपालिकामा कृषि सम्बन्धी छलफल कार्यक्रम गरेको...

थप समाचार