Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मुख्यमन्त्री जम्कट्टेल सहितको टोलीद्धारा चित्रेपानी वनमा वृक्षारोपण

plantaing-1695120850.jpg

२ असोज, हेटौडा । बागमती प्रदेश मुख्यमन्त्री शालिकराम जम्कट्टेल सहितको टोलीले हेटौडा–६ मा रहेको चित्रेपानी सामुदायिक वनमा वृक्षारोपण गरेका छन् । संविधान दिवस मुल आयोजक समिति बागमती प्रदेशले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेलले विभिन्न प्रजातिका विरुवा रोपेका हुन् । वृक्षारोपण पछिको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले बागमती प्रदेश समृद्धिको बाटोमा अगाडी बढेको बताए ।

१२ वर्षे जनयुद्ध र जन आन्दोलनले ल्याएको परिवर्तनलाई आत्मसाथ गर्दै संविधान रक्षा गर्नु सबै दल जिम्मेवार रहनुपर्ने कुरामा जोड दिएका छन् । कार्यक्रममा सामाजिक विकास मन्त्री कुमारी मुक्तान, प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ, प्रेम बहादुर पुलामी, जिल्ला समन्वय समिति प्रमुख ललित घलान, प्रमुख जिल्ला अधिकारी सूर्य सेढाई, हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, सव डिभिजन वन कार्यालय, हेटौडाका प्रमुख रामचन्द्र श्रेष्ठ, चित्रेपानी सामुदायिक वनका अध्यक्ष सूर्य बहादुर घलान, शिखरपानी सामुदायिक वनका अध्यक्ष चन्द्र बहादुर पाख्रिन, सामुदायिक वनका पदाधिकारी, उपभोक्ता लगायतको सहभागिता थियो । कार्यक्रम मार्फत अमला, अम्बा, सतसिाल, टटेलो, निम, कागती, हर्रो, बर्रो, सरिफा, काइयो फूल,बेल, मेङगोट्रिन लगायतका विरुवाको वृक्षारोपण गरिएको थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

अद्यावधिक छुटेकालाई महाधिवेशनमा वञ्चित नगरिने
congress-(1)-1789347794.jpg

२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789347407.jpg

२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हालसम्म १३८४ जनाको शव फेला
Rasuwa_Flood_1_ra6JJEpFXv-1789267873.jpg

२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...

हरितालिका (तीज) आज मनाईदै
news_1725590195-1789267602.jpg

२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789261930.jpg

२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

थप समाचार