Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

१२ नम्बर वडाको काम अब आफ्नै भवनबाट

f-1696551587.jpg

१९ असोज, हेटौंडा । भाडाको घरबाट जनताको सेवा दिँदै आएको हेटौंडाको १२ नम्बर वडा कार्यालयले आफ्नै वडाबाट सेवा दिन सुरु गरेको छ । बिहीबारबाट वडा कार्यालय आफ्नै नयाँ भवनमा सरेको हो । 
हेटौंडा उपमहानगरपालिकाले एक बर्ष अघि ठेक्का मार्फत निर्माण थालेको भवनको बिहीवार उद्घाटन गरेसँगै वडा कार्यालयले आफ्नै भवनबाट सेवा सुरु गरेको हो । भवनको हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले उद्घाटन गरेकी हुन् । 
नवनिर्मित वडा भवनको उद्घाटन गर्दै लामाले भवनसँगै जनतालाई दिने सेवा गुणस्तरीय बनाउने तर्फ ध्यान दिन अनुरोध गरिन् । भवन निर्माण हुन बाँकी वडाहरुमा पनि यस वर्ष वजेट विनियोजन गरिएको उनले जानकारी दिइन् । 
पदमपोखरी खानेपानी तथा सरसफाई उपभोतmा समितिले उपलव्ध गराएको २ कठ्ठा जग्गामा भवन निर्माण भएको हो । उपमहानगरपालिकाको ७० लाख रुपैयाँको लागतमा भवन निर्माण भएको १२ नम्बर वडा कार्यलयका सचिव रामलाल थिङले जानकारी दिए । 
१२ नम्बर वडाका कार्यबाहक अध्यक्ष ज्ञानबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य रुक्मिनी गोङ्बा, उपमहानगरपालिकाका शहरी तथा पूर्वाधार महाशाखाका प्रमुख सत्यनारायण शाह, सुनौलो टोल विकास संस्थाका अध्यक्ष महानन्द सापकोटा, पदमपोखरी खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष टोलप्रसाद दंगाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

प्रधानमन्त्री उद्धार कोषमा हाल १३ अर्ब मौज्दात
pradhanmantri-rahat-kosh-1789175484.jpg

२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...

फाइनलमा नेपाल र युएई भिड्ने
nepal-cricket-1788669900-1789174697.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789174455.jpg

२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

थप समाचार