२३ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्प पीडितका लागि नयाँ प्याकेजको घोषणा गरेका छन् । आफु प्रधानमन्त्री भएपछि ५ लाखको प्याकेज घोषणा गरेका प्रधानमन्त्री दाहालले विहीबार ८ लाखको प्याकेज घोषणा गरेका हुन् ।
प्रधानमन्त्री भएपछि पहिलो पटक संसदमा बोल्दै दाहालले भूकम्प पीडितलाई घर निर्माणका लागि दिने भनिएको २ लाख अनुदान बढाएर तीन लाख दिने घोषणा गरेका छन् । त्यसैगरी, सामूहिक जमानीमा ३ लाख निर्व्याजी ऋण दिइने बताए । भूकम्पका कारण पेशा र रोजगारीसमेत गुमाएकालाई स्वरोजगारमुलक व्यवसाय गर्न परियोजना धितोमा सहुलियत व्याजदरमा २ लाखसम्म ऋण दिइने दाहालको भनाई छ । अनुदान रकम ३ लाख, जमानिमा सहुलियत ऋण ३ लाख र परियोजना धितोमा ऋण २ लाख गरी ८ लाख को प्याकेज प्रधानमन्त्रीले सार्वजनिक गरेका छन् ।
उनले सरकारले घोषणा गरेको नीजि घर पुर्ननिर्माणको पहिलो किस्ता ४५ दिनभित्र पुर्याउन पुनः निर्देशन दिंदै नियमित अनुगमन हुने दावि गरे । आफू प्रधानमन्त्री हुनु अघि झण्डै ४० हजारले मात्र पाएकोमा अहिले ३ लाख १९ हजार पुगेको उनको भनाई छ । उनले ५ लाखलाई मध्यकालिन र अल्पकालिन अवधिका निःशुल्क सिपमुलक तालिम दिने घोषणा गरे ।
संविधान कार्यान्वयन पहिलो प्राथमिकता
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको प्रमुख प्राथमिकता संविधान कार्यान्वयन रहेको जनाए । उनले संविधान कार्यान्वयन पहिलो प्राथमिकता रहेको जनाउँदै आन्दोलनरत पक्षसँग असमझदारीको दुरी घटेर समझदारी बढेको बताए । उनले सबै पक्षसँग उदार भएर सहमित खोज्न ढिला गर्न नहुने बताए । उनले असोज मसान्तसम्म स्थानीय निकायको पुर्नसंरचना आयोगको काम पूरा हुने बताए । उनले ०७४ माघ ७ सम्म तीनवटै निर्वाचन गर्न सरकार लागि परेको बताए । त्यसका लागि निर्वाचन सम्बन्धी कानुन बनिरहेको बताए ।
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

















-1786539267.jpg)
-1786686763.jpg)