२३ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्प पीडितका लागि नयाँ प्याकेजको घोषणा गरेका छन् । आफु प्रधानमन्त्री भएपछि ५ लाखको प्याकेज घोषणा गरेका प्रधानमन्त्री दाहालले विहीबार ८ लाखको प्याकेज घोषणा गरेका हुन् ।
प्रधानमन्त्री भएपछि पहिलो पटक संसदमा बोल्दै दाहालले भूकम्प पीडितलाई घर निर्माणका लागि दिने भनिएको २ लाख अनुदान बढाएर तीन लाख दिने घोषणा गरेका छन् । त्यसैगरी, सामूहिक जमानीमा ३ लाख निर्व्याजी ऋण दिइने बताए । भूकम्पका कारण पेशा र रोजगारीसमेत गुमाएकालाई स्वरोजगारमुलक व्यवसाय गर्न परियोजना धितोमा सहुलियत व्याजदरमा २ लाखसम्म ऋण दिइने दाहालको भनाई छ । अनुदान रकम ३ लाख, जमानिमा सहुलियत ऋण ३ लाख र परियोजना धितोमा ऋण २ लाख गरी ८ लाख को प्याकेज प्रधानमन्त्रीले सार्वजनिक गरेका छन् ।
उनले सरकारले घोषणा गरेको नीजि घर पुर्ननिर्माणको पहिलो किस्ता ४५ दिनभित्र पुर्याउन पुनः निर्देशन दिंदै नियमित अनुगमन हुने दावि गरे । आफू प्रधानमन्त्री हुनु अघि झण्डै ४० हजारले मात्र पाएकोमा अहिले ३ लाख १९ हजार पुगेको उनको भनाई छ । उनले ५ लाखलाई मध्यकालिन र अल्पकालिन अवधिका निःशुल्क सिपमुलक तालिम दिने घोषणा गरे ।
संविधान कार्यान्वयन पहिलो प्राथमिकता
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको प्रमुख प्राथमिकता संविधान कार्यान्वयन रहेको जनाए । उनले संविधान कार्यान्वयन पहिलो प्राथमिकता रहेको जनाउँदै आन्दोलनरत पक्षसँग असमझदारीको दुरी घटेर समझदारी बढेको बताए । उनले सबै पक्षसँग उदार भएर सहमित खोज्न ढिला गर्न नहुने बताए । उनले असोज मसान्तसम्म स्थानीय निकायको पुर्नसंरचना आयोगको काम पूरा हुने बताए । उनले ०७४ माघ ७ सम्म तीनवटै निर्वाचन गर्न सरकार लागि परेको बताए । त्यसका लागि निर्वाचन सम्बन्धी कानुन बनिरहेको बताए ।
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...





-1792715895.jpg)









-nepal-1792111426.jpg)


