Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

पाँचौ हेटौंडा राष्ट्रिय जर्नालिजम अवार्ड सम्पन्न, १० विधामा १० पत्रकार पुरस्कृत (सुचीसहित)

Screenshot_20240217_20005-1708179517.jpg

५ फागुन, हेटौंडा । पाँचौ राष्ट्रिय हेटौंडा जर्नालिजम अवार्ड शनिबार सम्पन्न भएको छ । हेटौंडामा १० वटा विधामा उत्कृष्ट पत्रकारहरुलाई पुरस्कृत र सम्मानित गर्दै पाँचौ राष्ट्रिय हेटौंडा जर्नालिजम अवार्ड सम्पन्न भएको हो। 
हेटौंडा उपमहानगरपालिकाको नगर प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता तथा पिम* नेपालका अध्यक्ष माधवराज खरेलको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडाका उपमेयर राजेश बानियाँ, मकवानपुरका प्रजिअ सुर्य प्रसाद सेढाई, हेटौंडा ६ का वडाध्यक्ष विष्णु बहादुर दाहाल, ७ नम्बर वडाका अध्यक्ष दामोदर गौतम, हेटौंडा ११ का वडाध्यक्ष जुना दाहाल, जसपा नेता विद्युत बज्राचार्य, कलाकार सुसान्त श्रेष्ठ, मकवानपुरका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सहभागिता रहेको थियो। 
अवार्ड विभिन्न १० वटा विधामा १० जना पत्रकारहरुलाई प्रदान गरिएको थियो। अवार्ड न्यु मिडिया एकेडेमी प्रालि र पिम* नेपालको संयुक्त रुपमा आयोजना गरेको हो । प्रालिले २०७५ सालबाट अवार्ड दिंदै आएको छ । वर्ष पत्रकारिता पुरस्कार महिला र पुरुषको पुरस्कारको राशि १० हजार र सर्वोत्कृष्ट राष्ट्रिय पुरस्कारको राशी १५ हजार रहेको छ भने अन्य विधाको पुरस्कारको राशी ५ हजार रहेको छ। 

*पाँचौ जर्नालिजम अवार्डमा —२०८० मा अवार्ड र सम्मान प्राप्त गर्ने पत्रकारहरू*
क) अग्रज संचारकर्मी सम्मान २०८० बाट : राससका पत्रकार कृष्ण राम परियार, ईमेज च्यानल टेलिभिजनका सुवर्णलाल श्रेष्ठ र उज्यालो नेटवर्कका पत्रकार एवं नेपाल पत्रकार महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष हरि हुमागाई
ख) संचार उद्यमी सम्मान २०८० बाट  पालुङ एफएमका ध्रुवराज ढकाल, नेशनल गोल्ड टिभिका उज्वल चौलागाई र हेटौँडा सन्देश दैनिकका माधव न्यौपाने 

ग) उत्कृष्ट उदियमान पत्रकार वर्ष अवार्ड*२०८० बाट समृद्ध समाज दैनिकका रविन्द्र वाइवा

घ) उत्कृष्ट टेलिभिजन पत्रकारिता बर्ष अवार्ड-२०८० बाट टिम  टिभिका मनिल महतो
ङ) उत्कृष्ट अनलाईन पत्रकारिता वर्ष अवार्ड-२०८० बाट  अनिरुद्ध खबर डटकमका अनिल पराजुली
च) उत्कृष्ट चलचित्र पत्रकारिता अवार्ड-२०८० बाट रातोसमाचार डटकमका राजेश थापा (गरिब)
छ) उत्कृष्ट ग्रामीण पत्रकारिता अवार्ड-२०८० बाट न्युज ट्वान्टी फोर टिभीकी सुनिता विष्ट (कृष्ण)
ज) उत्कृष्ट खेलकुद पत्रकारिता वर्ष अवार्ड-२०८० बाट गोल नेपाल डटकमका विक्रम बानियाँ 
झ ) उत्कृष्ट खोज पत्रकारिता वर्ष अवार्ड -२०८० बाट  साझाकुरा दैनिकका रेवती तिमल्सिना (नविन)
ञ) उत्कृष्ट बर्ष पत्रकारिता अवार्ड -२०८० पुरुषतर्फ रातोपाटी डटकमका गणेश दुलाल (श्यामलाल) 
ट) उत्कृष्ट बर्ष पत्रकारिता अवार्ड-२०८०  महिलातर्फ राजधानी दैनिककी सरिता दाहाल
ठ) सर्वोकृष्ट राष्ट्रिय पत्रकारिता वर्ष अवार्ड २०८० बाट कान्तिपुरका होम कार्की

*पिम हुनुपर्नेमा अन्यथा भएकोले सच्चाएका छौ। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

थप समाचार