Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

न्यौपानेलाई श्रीकृष्ण तालुमाया नमुना स्मृति गजल सम्मान, नेगीले जितिन् गजल पुरस्कार

capture-1708217137.JPG

६ फागुन, हेटौंडा । गजल मञ्च मकवानपुरले गजलकार अनिश न्यौपाने ‘भावना’लाई श्रीकृष्ण तालुमाया नमुना स्मृति गजल सम्मान प्रदान गरेको छ ।
शनिबार गजल मञ्चको २११ औं गजल यात्राकाबीच गजलकार न्यौपानेलाई नगद ५ हजार रुपैयाँसहित गजल सम्मान प्रदान गरेको हो । गजल विधाको उन्नयन, विकास र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै युवा गजलकार न्यौपानेलाई सम्मान गरिएको हो ।
मञ्चका अध्यक्ष केशव समर्पण, पुरस्कार संस्थापक भोला शिवाकोटी, प्रमुख अतिथि निमेष निखिल, विशिष्ट अतिथि तुलसी घिमिरेलगायतले न्यौपानेलाई नगद र सम्मानपत्र प्रदान गरेका थिए । सम्मान पाएसँगै न्यौपानेले कार्यक्रममा आफ्ना तीन वटा गजल प्रस्तुत गरेका थिए ।
मकवानपुरमै अध्ययन र गजल कर्म गरेका न्यौपानेले २०७० मा ‘पढेपछि थाहा पाउँछौं’ गजल संग्रह प्रकाशन गरेका छन् । उनको ‘मनको आँखा’ ८मुक्तक संग्रह पनि प्रकाशनमा छ । शिवाकोटीले आफ्ना बुबाआमा र छोरीको स्मृतिमा स्थापित गजल सम्मान पाउने न्यौपाने पहिलो गजलकार हुन् । मञ्चले अबदेखि हरेक वर्ष गजल सम्मान प्रदान गर्ने मञ्चका अध्यक्ष केशव समर्पणले जानकारी दिए ।
यसैबीच मकवानपुरका माध्यमिक तहस्तरीय गजल प्रतियोगितामार्फत सर्वोत्कृष्ट हुन सफल बकैया–३ हात्तिसुँडेमा रहेको बुद्ध माविकी कक्षा ९ कि छात्रा मनिका नेगीले मनमाया स्मृति गजल पुरस्कार प्राप्त गरेकी छन् । प्रतियोगितामा सहभागी १७ जना विद्यार्थीमध्ये नेगी सर्वोत्कृष्ट घोषित भई नगद ५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित पुरस्कृत भएकी हुन् । 
गजल मञ्च मकवानपुरका पूर्वअध्यक्ष दीपक गौतमले आफ्नी हजुरआमाको स्मृतिमा स्थापना गरेको पुरस्कार हरेक वर्ष माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुबीच गजल प्रतियोगिता गरी सर्वोत्कृष्टलाई प्रदान गर्ने गरिएको छ ।
प्रतियोगितामा उत्कृष्ट ८ विद्यार्थीलाई कार्यक्रममा गजल वाचनको लागि निम्त्याइएको थियो । साहित्यकार विश्वनाथ सञ्जेल र भवानी तिमल्सिनाले गजल प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए । 
नियमित गजल यात्राअन्तर्गत गजलकारहरु मसान उपासक, पुरुषोत्तम आचार्य, सुवास सजल, किशन पौडेललगायतले गजल वाचन गरेका थिए । मञ्चका अध्यक्ष समर्पणको अध्यक्षतामा भएको कार्यक्रममा पुरस्कार संस्थापकका तर्फबाट भोला शिवाकोटी, विशिष्ट अतिथि तुलसी घिमिरे, प्रमुख अतिथि सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले मन्तव्य व्यक्त गरेका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

थप समाचार