Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

भुन्द्रुङ टाँडीमा ल्होछार विशेष सांस्कृतिक कार्यक्रम

capture-1708217445.JPG

६ फागुन, मनहरी । मकवानपुरको मनहरी गाउँपालिका–२ स्थित भुन्द्रुङ टाँडीमा ल्होछार विशेष सांस्कृतिक कार्यक्रम भएको छ । शनिबार विविध सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रमका साथ ल्होछार पर्व मनाइएको हो ।
मनहरी एकता तामाङ समाजका अध्यक्ष  अर्जुन घलानको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कालाखेतीले मनहरी गाउँपालिकामा वौद्ध धर्मावलम्बीहरुको संख्यात्मक उपस्थिति बढी रहेको भन्दै गुम्बा निर्माणलगायत तामाङ भाषा, संस्कृति संरक्षणमा प्रयाप्त बजेट विनियोजन गरिरहिएको बताए
गाउँपालिकामार्फत तामाङ समुदायको पहिचान स्थापित गर्नका लागि लगानी बढाउन तत्पर रहेको उनले सुनाए । कृषि, शिक्षा, स्वास्थ्यमा गाउँपालिकामार्फत प्रयाप्त काम गरेको उनको भनाइ थियो । गरिबसँग विश्वेश्वर कार्यक्रमअन्तरगत गरिब परिवारका कयौं विद्यार्थीलाई निशुल्क शिक्षा प्रदान गरिरहिएको अध्यक्ष कालाखेतीले बताए ।
कार्यक्रममा बोल्दै नेपाल तामाङ घेदुङ पूर्व महासचिव काजीमान थिङले आफ्नो अस्तित्व प्राप्तिका लागि तामाङ समुदाय एक हुनुपर्ने धारणा राखे । तामाङको भेषभुषा, भाषा, संस्कृतिको संरक्षण गर्न स्थानीय सरकारले विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा स्थानीय तथा राष्ट्रिय गायक तथा कलाकारले गीत, नृत्य र मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए । चर्चित कलाकार बुद्धि तामाङ, हुरहुरलगायतले दर्शकमाझ मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

थप समाचार