Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

कला/संस्कृति

भैरव अर्याल स्मृति सम्मान लामिछानेलाई प्रदान

bhairab-aryal-samman-1709945464.jpg

२६ फागुन, हेटौंडा । हाँस्य व्यङ्ग्यकार भैरव अर्यालको स्मृतिमा स्थापित भैरव अर्याल स्मृति सम्मान २०८० बाट यसवर्ष हाँस्य व्यङ्ग्यकार मीनप्रसाद लामिछाने सम्मानित भएका छन् ।
साहित्यको हाँस्य व्यङ्ग्य क्षेत्रमा योगदान पु¥याएको भन्दै मकवानपुरका लामिछानेलाई शुक्रबार सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. मुकेशकुमार चालिसेले उनलाई सम्मान पत्रसहित नगद २१ हजार १ सय ११ रुपैयाँ प्रदान गरेका थिए । लामिछानेको ‘मैले जिउन जानिनँ’ हाँस्य व्यङ्ग्य कविता संग्रह प्रकाशित छ । 
यसअघि यो सम्मानबाट सञ्जय साह मित्र, हरिकला उप्रेती, राजकुमार लामिछाने, धुर्मस सुन्तली फाउण्डेशन, मनोज गजुरेल, चट्याङ मास्टरलगायत सम्मानित भइसकेका छन् । 
साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा कृष्ण मुरारी गौतम (चटयाङ मास्टर) ले काठमाडौंलाई राजनीतिको शहर बनाउनुपर्ने र हेटौंडालाई हास्य व्यङ्ग्य शहर बनाउनु पर्ने बताएका थिए । उनले हास्यव्यङ्ग्य राधा कविता वाचन गरेका थिए ।
कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिल, सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, हास्य व्यङ्ग्यकार आरसी रिजाल, पुरस्कार संस्थापक दीपक अर्याललगायतको आतिथ्यता रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्छ: अर्थमन्त्री
swirnim-wagle-1767456217-1782646278.jpg

१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...

प्रहरीमा अनधिकृत पहुँच खोज्ने व्यक्ति पक्राउ
aaditya-singh-1782645772.jpg

१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...

मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२ राईलाई प्रदान
Ramesh-ruchhen-rai-1_edit-1782644938.jpg

१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेश
Screenshot_20260628_16382-1782644170.jpg

१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ ।  ६३ औँ वार्षिक...

प्रतिनिधिसभाबाट दुई विधेयक पारित
Screenshot_20260628_16321-1782643807.jpg

१४ असार, हेटौंडा । प्रतिनिधि सभाबाट दुई विधेयक पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट आर्थिक विधेयक र...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260518_07103-1782611250.jpg

१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको...

ब्राउन सुगरसहित दुईजना पक्राउ
Screenshot_20260617_08504-1782611043.jpg

१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...

इंग्ल्यान्डद्वारा पनामा पराजित
01kw5kekmm8r1c2pnqw1-1782610681.jpg

१४ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा पनामालाई २-० ले पराजित गर्दै इंग्ल्यान्ड समूह...

आंशिक बादल लाग्ने
Screenshot_20250526_06180-1782610085.jpg

१४ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

थप समाचार