Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

देउवा र ओली सुटुक्क बाहिर

Deuba-Oli-1473322797.jpg

२३ भदौ, काठमाण्डौं । सर्वसाधारणले सत्तापक्ष र प्रतिपक्ष दलका नेताबीच सधैं जुवारी परेको सुन्ने गरेका छन् । उनीहरु सँगसँगै नारिएर हिडेको विरलै देख्छन् । विहिबार संसद भवनमा सत्तापक्ष र विपक्ष दलका दुई शिर्ष नेता नारिएर हिडेको देखियो ।

संसद चलिरहँदा काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपि शर्मा ओली एकसाथ सुटुक्क संसदबाट बाहिरिए । प्रधानमन्त्री पुष्पकमल दाहालले लामो संसद सम्बोधन सके लगतै सत्तापक्षिय नेता देउवा र प्रमुख प्रतिपक्षिय नेता ओलीसँगै संसदबाट बाहिरिएका हुन् । दाहालले सम्बोधन सकेर रोष्टमबाट तल झरेपछि ओलीसँग हात मिलाएर आफ्नो कुर्सीमा बसे । त्यस लगतै सभामुखले भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकलाई विद्ययेक पेश गर्नका लागि रोष्टममा बोलाईन् । उनले विद्ययेक पेश गरिरहदा देउवा कुर्सीबाट उठेर बाहिरिन अघि बढे । केही अघि बढिसकेका देउवा पुनः फर्किएर ओली बसिरहेको कुर्सी अघि पुगेर उभिए ।

ओली उठेर हात मिलाए, त्यसपछि देउवाले बाहिर जाउँ भन्ने संकेत गरेपछि ओली कुर्सीबाट बाहिर निस्किए । दुबै सँगै गफिदैं संसद भवनको ढोकाबाट बाहिरिए । दुई नेता गफिदै बाहिरिएको दृष्य व्यवस्थापिका संसदको क्यामाराले कैद गरेको थियो । दुबैबीच के छलफल भयो त्यो भने खुलेन । दुई पूर्वप्रधानमन्त्री बाहिरिरहँदा सभामुख ओनसरी घर्तिले संसद बैठक शुक्रबारसम्मका लागि स्थगित गरेको सुनाईन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार