२३ भदौ, काठमाण्डौं । सर्वसाधारणले सत्तापक्ष र प्रतिपक्ष दलका नेताबीच सधैं जुवारी परेको सुन्ने गरेका छन् । उनीहरु सँगसँगै नारिएर हिडेको विरलै देख्छन् । विहिबार संसद भवनमा सत्तापक्ष र विपक्ष दलका दुई शिर्ष नेता नारिएर हिडेको देखियो ।
संसद चलिरहँदा काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपि शर्मा ओली एकसाथ सुटुक्क संसदबाट बाहिरिए । प्रधानमन्त्री पुष्पकमल दाहालले लामो संसद सम्बोधन सके लगतै सत्तापक्षिय नेता देउवा र प्रमुख प्रतिपक्षिय नेता ओलीसँगै संसदबाट बाहिरिएका हुन् । दाहालले सम्बोधन सकेर रोष्टमबाट तल झरेपछि ओलीसँग हात मिलाएर आफ्नो कुर्सीमा बसे । त्यस लगतै सभामुखले भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकलाई विद्ययेक पेश गर्नका लागि रोष्टममा बोलाईन् । उनले विद्ययेक पेश गरिरहदा देउवा कुर्सीबाट उठेर बाहिरिन अघि बढे । केही अघि बढिसकेका देउवा पुनः फर्किएर ओली बसिरहेको कुर्सी अघि पुगेर उभिए ।
ओली उठेर हात मिलाए, त्यसपछि देउवाले बाहिर जाउँ भन्ने संकेत गरेपछि ओली कुर्सीबाट बाहिर निस्किए । दुबै सँगै गफिदैं संसद भवनको ढोकाबाट बाहिरिए । दुई नेता गफिदै बाहिरिएको दृष्य व्यवस्थापिका संसदको क्यामाराले कैद गरेको थियो । दुबैबीच के छलफल भयो त्यो भने खुलेन । दुई पूर्वप्रधानमन्त्री बाहिरिरहँदा सभामुख ओनसरी घर्तिले संसद बैठक शुक्रबारसम्मका लागि स्थगित गरेको सुनाईन् ।
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...














-1786686763.jpg)

-1786539267.jpg)

