Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

विश्व मृगौला दिवस चेतनामूलक कार्यक्रम गरी मनाइँदै

Kidney_1167021043-1710387550.jpg

१ चैत, हेटौंडा । विश्व मृगौला दिवस आज नेपालमा पनि बिभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । विश्व स्वास्थ्य संगठनले मार्च १० लाई बिश्व मृगौला दिवसको रुपमा मनाउने घोषणा गरेसँगै नेपालमा पनि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो ।
 ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने नाराका साथ आज विश्व मिर्गौला दिवस मनाइँदैछ । केही बर्षयता संसारभर मृगौला रोगीहरुको संख्या बढ्दै गएको तथ्याङक छ । विश्वमा हरेक १० जना मानिस मध्ये १ जनालाई मृगौला सम्वन्धी रोग भएको अनुमान गरिएको छ ।
नेपालमा पनि झण्डै ३० लाख व्यक्तिहरु मृगौला सम्वन्धी कुनै न कुनै रोगबाट पीडित छन् । नेपालमा हरेक बर्ष करिब तीन हजार जनाको मृगौला फेल हुने गरेको तथ्याङक छ । मधुमेह रोग भएका विरामीहरुलाई त मृगौलाको रोग हुने सम्भावना अझ ३ गुणा बढी हुन्छ । मृगौला रोगको उपचार हुने भएपनि त्यो महँगो भएकाले सहज मानिदैन । नेपाल सरकारले निःशुल्क मृगौला प्रत्यारोपण र डाइलासिसको सुविधा उपलव्ध गराएको भएपनि औषधीकै लागि विरामीले लाखौं रुपैया खर्च गरिरहनु परेको छ ।
त्यसैले मृगौलाको समस्या देखिनु अगावै खासगरी मधुमेह र उच्च रक्तचापका समस्या तथा अधिक मोटोपन भएका र परिवारमा यस्तै समस्याका अन्य सदस्य भएका एवं आँखाको डिल सुन्निने, गोलीगाँठा सुन्निने जस्ता समस्या भएकाहरुले नियमित मृगौला जाँच गराउन चिकित्सकहरुको सुझाव छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

थप समाचार