Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडाका मेयर, प्रजिअ, प्रहरी प्रमुखले सफा गरे फरेष्ट्रिको झाडी

यौनजन्य गतिविधि नियन्त्रण गरिने प्रतिवद्धता

FB_IMG_1729244050920-1729244185.jpg

झाडी सफा गर्दै मेयर, प्रजिअ सहितको टोली

२ कार्तिक, हेटौंडा। त्रिभुवन राजपथसंगै जोडिएको सडक र  हेटौंडा-१० मा रहेको वनविज्ञान अध्ययन संस्थान (फरेष्ट्रि) आसपासको क्षेत्रमा  सरसफाइ गरिएको छ।

बिहीबार हेटौंडा उपमहानगरपालिका मेयर मिना कुमारी लामा, मकवानपुरका प्रजिअ तिर्थराज चिलुवाल, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी विश्व खड्का तथा सशस्त्र प्रहरी बल १४ नम्बर गणका प्रमुख एसपी ज्ञान प्रसाद भुर्तेल, नेपाली सेनाका पधाधिकारीहरु, १० नम्बर वडाध्यक्ष फुर्वा लामा, सामुदायिक प्रहरी उपसेवा केन्द्र बसपार्कका अध्यक्ष प्रदिप कडेललगायत स्थानीय जनप्रतिनिधि, फ्रेन्डस् हेटौडाका प्रतिनिधि, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, भद्रभलादमी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल,नगर प्रहरीहरु समेत गरी दुईसय  जनाको टोलीले सरसफाइ गरेको हो। स्थानीय तथा आवातजावत गर्ने यात्रु समेतलाई अशोभनीय हुने गरी यौनिक तथा लैंगिक अल्पसंख्यक तथा अन्य उच्छृङ्खल व्यक्तिहरुले अनैतिक क्रियाकलाप गरी प्रदुषण एवं दुर्गन्ध समेत फैलाएको भन्ने प्राप्त जनगुनासोको आधारमा त्यस क्षेत्रमा अवलोकन गरी सरसफाई कार्यक्रम अगाडि बढाइएको मकवानपुरका प्रजिअ चिलुवालले बताएका छन् ।सम्बन्धित निकायसंग भएको छलफलबाट यौनिक तथा लैंगिक अल्पसंख्यक  समुदायका केही व्यक्तिले त्यस स्थानमा चलाइरहेको यौन व्यवसायलाई रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले बेलुकी ७ बजेदेखि बिहान ४ बजेसम्म गस्ती गर्ने निर्णय गरिएको छ भने हेटौंडा उपमहानगरपालिकाले फरेस्टिले पर्खाल लगाउने र लाइट राखिने जनाइएको छ। त्यस स्थानम पार्किङ गरिने ट्रकहरुमा समेत त्यसता क्रियाकलाप हुने गरेको  सूचना प्राप्त भएको कारण नो पार्किङ जोनसमेत बनाइएको छ।  मकवानपुर जिल्ला भित्रका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई पहिचान गरि रोजगारीको व्यवस्थाका लागि पहल गर्ने र सुन्दर हेटौंडा, सफा हेटौंडा र  सुरक्षित हेटौंडा बनाउने अभियानमा लागि  बृहत सरसफाई तथा जनचेतना कार्यक्रम संचालन गरिनुको साथै उक्त कार्यक्रमलाई अभियानलाई  निरन्तरता दिने हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार