झाडी सफा गर्दै मेयर, प्रजिअ सहितको टोली
२ कार्तिक, हेटौंडा। त्रिभुवन राजपथसंगै जोडिएको सडक र हेटौंडा-१० मा रहेको वनविज्ञान अध्ययन संस्थान (फरेष्ट्रि) आसपासको क्षेत्रमा सरसफाइ गरिएको छ।
बिहीबार हेटौंडा उपमहानगरपालिका मेयर मिना कुमारी लामा, मकवानपुरका प्रजिअ तिर्थराज चिलुवाल, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी विश्व खड्का तथा सशस्त्र प्रहरी बल १४ नम्बर गणका प्रमुख एसपी ज्ञान प्रसाद भुर्तेल, नेपाली सेनाका पधाधिकारीहरु, १० नम्बर वडाध्यक्ष फुर्वा लामा, सामुदायिक प्रहरी उपसेवा केन्द्र बसपार्कका अध्यक्ष प्रदिप कडेललगायत स्थानीय जनप्रतिनिधि, फ्रेन्डस् हेटौडाका प्रतिनिधि, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, भद्रभलादमी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल,नगर प्रहरीहरु समेत गरी दुईसय जनाको टोलीले सरसफाइ गरेको हो। स्थानीय तथा आवातजावत गर्ने यात्रु समेतलाई अशोभनीय हुने गरी यौनिक तथा लैंगिक अल्पसंख्यक तथा अन्य उच्छृङ्खल व्यक्तिहरुले अनैतिक क्रियाकलाप गरी प्रदुषण एवं दुर्गन्ध समेत फैलाएको भन्ने प्राप्त जनगुनासोको आधारमा त्यस क्षेत्रमा अवलोकन गरी सरसफाई कार्यक्रम अगाडि बढाइएको मकवानपुरका प्रजिअ चिलुवालले बताएका छन् ।सम्बन्धित निकायसंग भएको छलफलबाट यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका केही व्यक्तिले त्यस स्थानमा चलाइरहेको यौन व्यवसायलाई रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले बेलुकी ७ बजेदेखि बिहान ४ बजेसम्म गस्ती गर्ने निर्णय गरिएको छ भने हेटौंडा उपमहानगरपालिकाले फरेस्टिले पर्खाल लगाउने र लाइट राखिने जनाइएको छ। त्यस स्थानम पार्किङ गरिने ट्रकहरुमा समेत त्यसता क्रियाकलाप हुने गरेको सूचना प्राप्त भएको कारण नो पार्किङ जोनसमेत बनाइएको छ। मकवानपुर जिल्ला भित्रका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई पहिचान गरि रोजगारीको व्यवस्थाका लागि पहल गर्ने र सुन्दर हेटौंडा, सफा हेटौंडा र सुरक्षित हेटौंडा बनाउने अभियानमा लागि बृहत सरसफाई तथा जनचेतना कार्यक्रम संचालन गरिनुको साथै उक्त कार्यक्रमलाई अभियानलाई निरन्तरता दिने हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...


















