७ कार्तिक,मंगलसेन । जिल्ला प्रहरी कार्यालय अछामले एकसाताको समयमा जिल्लामा भएका छुट्टाछुट्टै दुई घटनामा संलग्न ११ जनालाई पक्राउ गरी मुद्धा चलाएको छ । केहि दिन अघि अछामको बिनायक बजारमा रहेको प्रहरी चेक पोष्टमा आक्रमण गरी ड्युटिमा रहेका प्रहरी माथि हातपात गरी मोबाइल फुटाउने कार्यमा संलग्न रहेका दुई जनालाई सार्वजनिक शान्ति बिरुद्धको कसुरमा र ज्यान मार्ने उद्योगमा फरार रहेका ९ जना गरी ११ जनालाई मुद्धा चलाइएको हो ।
यसरी मुद्धा चलाइएका २ जना पञ्चदेवल बिनायक नगरपालिकाका हुन् भने ९ जना मंगलसेन नगरपालिकाका रहेको अछाम प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताएका छन् । ड्युटिमा रहेका प्रहरी माथि हातपात गरी मोबाइल फुटाउने कार्यमा संलग्न स्थानिय बिजय भनिने बखत बहादुर शाही र हितेश तिमिल्सिनालाई सार्वजनिक शान्ति बिरुद्धको कसुरमा र आसोज ३० गते जिल्लाको तिमिल्सैन स्थित सैनीगडा मेलामा खुकुरी र फलामको रड प्रयोग गरी बान्नीगढी जयगढ गाउँपालिकाको सुगालीका युवाहरु माथि आक्रमण गर्ने मंगलसेन नगरपालिकाको वडा नम्बर ३ र ४ का नौ जना बिरुद्ध ज्यान मार्ने उद्योग अन्तर्रगत मुद्धा चलाइएको प्रहरी प्रमुख भण्डारीले बताएका छन् । प्रहरीका अनुसार शाही र तिमिल्सिनासंगै अन्य तीन जना मिलेर मदिरा सेवन गरी जथाभावि गालीगलौज गर्दै बिनायकको बिच बजारमा रहेको प्रहरी बिट पल्टाएर ड्युटीमा रहेका प्रहरी माथि हातपात गरी मोबाइल समेत फुटाएको जनाएको छ । घटना पश्चात फरार रहेका पाँच जना मध्ये शाही र तिमिल्सिना पक्राउ परेपनि अन्य ३ जना फरार रहको जनाइएको छ ।
त्यसैगरी आसोज ३० गते सैनीगडा मेलामा खुकुरी र फलामको रड प्रयोग गरी बान्नीगढी जयगढ गाउँपालिकाको सुगालीका युवाहरु माथि आक्रमण गर्ने र घटनामा प्रत्यक्ष संलग्न ९ जनालाई पक्राउ गरी जिल्ला अदालत अछामको आदेश अनुसार मुद्धा चलाइएको भण्डारीले बताएका छन् । पक्राउ परेका युवाहरुको आक्रमणबाट सुगालीका बिराज रावल, बिनय रावल र महेन्द्र रावल घाइते भएका थिए । उनीहरुको टाउको, ढाड, घाटी र पिठ्युमा चोट लागको छ भने स्थानीय अस्पतालमा उपचार भइरहेको छ । फरार रहेकहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२२ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः०० बजे बस्ने भएको हो । बैठकमा राज्य व्यवस्था तथा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...


















