७ कार्तिक,मंगलसेन । जिल्ला प्रहरी कार्यालय अछामले एकसाताको समयमा जिल्लामा भएका छुट्टाछुट्टै दुई घटनामा संलग्न ११ जनालाई पक्राउ गरी मुद्धा चलाएको छ । केहि दिन अघि अछामको बिनायक बजारमा रहेको प्रहरी चेक पोष्टमा आक्रमण गरी ड्युटिमा रहेका प्रहरी माथि हातपात गरी मोबाइल फुटाउने कार्यमा संलग्न रहेका दुई जनालाई सार्वजनिक शान्ति बिरुद्धको कसुरमा र ज्यान मार्ने उद्योगमा फरार रहेका ९ जना गरी ११ जनालाई मुद्धा चलाइएको हो ।
यसरी मुद्धा चलाइएका २ जना पञ्चदेवल बिनायक नगरपालिकाका हुन् भने ९ जना मंगलसेन नगरपालिकाका रहेको अछाम प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताएका छन् । ड्युटिमा रहेका प्रहरी माथि हातपात गरी मोबाइल फुटाउने कार्यमा संलग्न स्थानिय बिजय भनिने बखत बहादुर शाही र हितेश तिमिल्सिनालाई सार्वजनिक शान्ति बिरुद्धको कसुरमा र आसोज ३० गते जिल्लाको तिमिल्सैन स्थित सैनीगडा मेलामा खुकुरी र फलामको रड प्रयोग गरी बान्नीगढी जयगढ गाउँपालिकाको सुगालीका युवाहरु माथि आक्रमण गर्ने मंगलसेन नगरपालिकाको वडा नम्बर ३ र ४ का नौ जना बिरुद्ध ज्यान मार्ने उद्योग अन्तर्रगत मुद्धा चलाइएको प्रहरी प्रमुख भण्डारीले बताएका छन् । प्रहरीका अनुसार शाही र तिमिल्सिनासंगै अन्य तीन जना मिलेर मदिरा सेवन गरी जथाभावि गालीगलौज गर्दै बिनायकको बिच बजारमा रहेको प्रहरी बिट पल्टाएर ड्युटीमा रहेका प्रहरी माथि हातपात गरी मोबाइल समेत फुटाएको जनाएको छ । घटना पश्चात फरार रहेका पाँच जना मध्ये शाही र तिमिल्सिना पक्राउ परेपनि अन्य ३ जना फरार रहको जनाइएको छ ।
त्यसैगरी आसोज ३० गते सैनीगडा मेलामा खुकुरी र फलामको रड प्रयोग गरी बान्नीगढी जयगढ गाउँपालिकाको सुगालीका युवाहरु माथि आक्रमण गर्ने र घटनामा प्रत्यक्ष संलग्न ९ जनालाई पक्राउ गरी जिल्ला अदालत अछामको आदेश अनुसार मुद्धा चलाइएको भण्डारीले बताएका छन् । पक्राउ परेका युवाहरुको आक्रमणबाट सुगालीका बिराज रावल, बिनय रावल र महेन्द्र रावल घाइते भएका थिए । उनीहरुको टाउको, ढाड, घाटी र पिठ्युमा चोट लागको छ भने स्थानीय अस्पतालमा उपचार भइरहेको छ । फरार रहेकहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...


















