८ कार्तिक, हेटौंडा। मकवानपुर प्रहरीले हेटौंडा सिमेन्ट उद्योगमा तार चोरी गर्ने ३ जना, संचारकर्मीको मोटरसाइकल चोरी गर्ने सहित ९ जनालाई चोरीको सामान सहित सार्वजनिक गरेको छ ।बिहीबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पत्रकार सम्मेलन मार्फत चोरीका सामान सहित ९ जनालाई सार्वजनिक गरिएको हो।
मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बिश्वराज खड्काले पत्रकार सम्मेलनमा १०५ किलो ६९ ग्राम लागू औषध गाँजा सहित बसामाडी– ३ बस्ने २४ वर्षका पन्चलाल थिङ पक्राउ परेको बताएका छन् । उनलाई हेटौंडा– १९ नेवारपानी स्थित पुर्व पश्चिम सडकखण्डको रजैया जाने जंगल छेउमा रोकी राखेको बागमती प्रदेश ०१–०२५ च ७८७१ नं को योद्धा पिकअप गाडीमा लुकाइ ल्याएको लागुऔषध गाँजा सहित पक्राउ गरिएको जनाइएको छ।
त्यसैगरी असोज २२ गते हेटौंडा सिमेन्ट उद्योगको क्रसरबाट तार चोरी गर्ने ३ जनालाई बिजुलीको तारहरु सहित पक्राउ गरिएको बताए। चोरीमा संलग्न हेटौंडा– १२ बाट मनिराज थोकर, हेटौंडा– १३ बस्ने २८ वर्षिय सन्त बहादुर तितुङ र हेटौंडा– ४ स्थित फरेष्टी गेट नजिक कवाडी पसलका संचालक भारत मोतिहारी जिल्ला चिरैया थाना वडा नंबर– ७ बस्ने दिल खुश कुमार साह पक्राउ परेको जनाइएको छ।
त्यस्तै हेटौडा–८ कर्णावती मार्ग स्थित शिव गौतमको निर्माणाधिन घरबाट बिजुलीको तारहरु चोरी भएको घटना सम्बन्धमा अनुसन्धानको क्रममा चोरीको सामान सहित हेटौंडा–८ कमाने बस्ने २६ वर्षिय सुमन राई , २५ वर्षिय को समिर घिमिरे र कमाने बिन्दबासिनी स्थितमा निर्माणाधिन चर्चको भवनमा राती सुतेको अवस्थामा २४ वर्षिय सुशान्त श्रेष्ठलाई नियन्त्रणमा लिएको जनाएको छ । यता हेटौंडा–८ क्याम्पा स्थित हेटौडा फन भिल्लाबाट साउण्ड सिस्टम १ थान र नगद २० हजार चोरी गर्ने र हेटौंडा–२ स्थित शान्तीटोल बस्ने संचारकर्मी राजेश थापा क्षेत्रीको ना ३ प ४७३ नम्बरको मोटरसाइकल चोरी गर्ने हेटौंडा ८ कमाने बस्ने २४ वर्षिय सुशान्त श्रेष्ठ समेतलाई नियन्त्रणमा लिएको जनाइएको छ ।
यसैगरी मकवानपुरगढि गाउँपालिका–२ शिखरकटेरी स्थित कान्तीलोक पथ सडकखण्डमा सवारी साधन रोकी चेकजाँच गर्ने क्रममा प्रदेश २–०१–००३ प ६१०५ नंबरको मोटरसाइकल चालक कञ्चनपुर जिल्ला बेलडी गाउँपालिका वडा नंबर–३ घर भई फाष्ट ट्रयाकमा वेल्डिङको काम गर्ने मिस्त्री २४ वर्षिय राजेश्वर चौधरी र निजको मामा राहुल चौधरीलाई लेनडांडाबाट ३७ किलो सेतो धातुको बिजुलीको तार चोरी गरी हेटौडा तर्फ लादै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ परेका ९ जनामाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...


















