८ कार्तिक, हेटौंडा। मकवानपुर प्रहरीले हेटौंडा सिमेन्ट उद्योगमा तार चोरी गर्ने ३ जना, संचारकर्मीको मोटरसाइकल चोरी गर्ने सहित ९ जनालाई चोरीको सामान सहित सार्वजनिक गरेको छ ।बिहीबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पत्रकार सम्मेलन मार्फत चोरीका सामान सहित ९ जनालाई सार्वजनिक गरिएको हो।
मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बिश्वराज खड्काले पत्रकार सम्मेलनमा १०५ किलो ६९ ग्राम लागू औषध गाँजा सहित बसामाडी– ३ बस्ने २४ वर्षका पन्चलाल थिङ पक्राउ परेको बताएका छन् । उनलाई हेटौंडा– १९ नेवारपानी स्थित पुर्व पश्चिम सडकखण्डको रजैया जाने जंगल छेउमा रोकी राखेको बागमती प्रदेश ०१–०२५ च ७८७१ नं को योद्धा पिकअप गाडीमा लुकाइ ल्याएको लागुऔषध गाँजा सहित पक्राउ गरिएको जनाइएको छ।
त्यसैगरी असोज २२ गते हेटौंडा सिमेन्ट उद्योगको क्रसरबाट तार चोरी गर्ने ३ जनालाई बिजुलीको तारहरु सहित पक्राउ गरिएको बताए। चोरीमा संलग्न हेटौंडा– १२ बाट मनिराज थोकर, हेटौंडा– १३ बस्ने २८ वर्षिय सन्त बहादुर तितुङ र हेटौंडा– ४ स्थित फरेष्टी गेट नजिक कवाडी पसलका संचालक भारत मोतिहारी जिल्ला चिरैया थाना वडा नंबर– ७ बस्ने दिल खुश कुमार साह पक्राउ परेको जनाइएको छ।
त्यस्तै हेटौडा–८ कर्णावती मार्ग स्थित शिव गौतमको निर्माणाधिन घरबाट बिजुलीको तारहरु चोरी भएको घटना सम्बन्धमा अनुसन्धानको क्रममा चोरीको सामान सहित हेटौंडा–८ कमाने बस्ने २६ वर्षिय सुमन राई , २५ वर्षिय को समिर घिमिरे र कमाने बिन्दबासिनी स्थितमा निर्माणाधिन चर्चको भवनमा राती सुतेको अवस्थामा २४ वर्षिय सुशान्त श्रेष्ठलाई नियन्त्रणमा लिएको जनाएको छ । यता हेटौंडा–८ क्याम्पा स्थित हेटौडा फन भिल्लाबाट साउण्ड सिस्टम १ थान र नगद २० हजार चोरी गर्ने र हेटौंडा–२ स्थित शान्तीटोल बस्ने संचारकर्मी राजेश थापा क्षेत्रीको ना ३ प ४७३ नम्बरको मोटरसाइकल चोरी गर्ने हेटौंडा ८ कमाने बस्ने २४ वर्षिय सुशान्त श्रेष्ठ समेतलाई नियन्त्रणमा लिएको जनाइएको छ ।
यसैगरी मकवानपुरगढि गाउँपालिका–२ शिखरकटेरी स्थित कान्तीलोक पथ सडकखण्डमा सवारी साधन रोकी चेकजाँच गर्ने क्रममा प्रदेश २–०१–००३ प ६१०५ नंबरको मोटरसाइकल चालक कञ्चनपुर जिल्ला बेलडी गाउँपालिका वडा नंबर–३ घर भई फाष्ट ट्रयाकमा वेल्डिङको काम गर्ने मिस्त्री २४ वर्षिय राजेश्वर चौधरी र निजको मामा राहुल चौधरीलाई लेनडांडाबाट ३७ किलो सेतो धातुको बिजुलीको तार चोरी गरी हेटौडा तर्फ लादै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ परेका ९ जनामाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...




-1788140988.jpg)













