Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरमा राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने

Screenshot_20241030_08535-1730258128.jpg

१४ कार्तिक, हेटौंडा। जिल्ला प्रशासन कार्यालय मकवानपुरले यस वर्ष तिहारको समयमा राति ९ बजेपछि देउसीभैलो खेल्न रोक लगाएको छ ।

प्रशासनले मंगलबार एक विज्ञप्ति जारी गर्दै राति ९ बजेसम्म मात्रै देउसी–भैलो खेल्न रोक लगाएको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका  प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालद्वारा जारी विज्ञप्तिमा यसवर्ष तिहारमा देउसी तथा भैलोलगायतका सांस्कृतिक मनोरञ्जनात्मक क्रियाकलाप राति ९ बजेसम्म मात्र सञ्चालन गर्न सूचित गरिएको छ । यस्तै जिल्ला प्रशासन कार्यलय मकवानपुरले चाडपर्वको बहानामा पटाका, भुइँचम्पा तथा आतिसबाजी नगर्न पनि सर्वसाधरणलाई आग्रह गरेको छ । 
पटाका, भुइँचम्पा तथा आतिसबाजीजस्ता प्रज्वलनशील पदार्थको प्रयोगले स्वास्थ्य एवं सुरक्षालगायतका समग्र जनजीवनमा प्रतिकूल असर पर्ने उल्लेख गर्दै सचेत रहन भनेको छ । प्रशासनले त्यस्ता पदार्थको भण्डारण, ओसारपसार, बिक्री–वितरण तथा प्रयोगमा पूर्णरूपमा बन्देज लगाइएको बताउँदै पटकाजन्य पदार्थ पड्काएमा वा बिक्री–वितरण गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने प्रशासनले चेतावनी दिएको छ । 
चाडवाडको नाममा जुवा, तास खेल्ने खेलाउने जस्ता कानूनले निषेध गरेका क्रियाकलापहरू नगर्न नगराउँन र सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, झैझगडा गर्ने जस्ता समाजमा अशान्ति सिर्जना गर्ने क्रियाकलापहरू पनि नगर्न भनिएको छ ।
यस्तै, प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा नेपाल सरकारले पूर्णरुपमा रोक लगाएकोले सो कार्य नगर्न नगराउन आग्रह गर्दै विज्ञप्तिमार्फत कानुन विपरीतका गतिविधि, क्रियाकलाप सञ्चालन गर्ने र गराइएको पाइएमा कानुनबमोजिम कारबाही गर्ने चेतावनीसमेत दिइएको छ । यता मकवानपुर प्रहरीले पनि तिहारमा जुवातास नखेल्न, प्रशासनबाट तोकिएको समयमा मात्र देउसी भैलो खेल्न अनुरोध गरेको छ ।

FB_IMG_1730209666188-1730258128.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार