२३ कार्तिक, रामनगर। मुग्लिन नारायणगढ सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ सत्रकिलोमा रात्री बस र हायस एक आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।
शुक्रबार बिहान मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०६-००१ज ०२९८ नम्बरको हायस गाडी र विपरीत दिशा तर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २८१२ नम्बरको बस ठोक्किँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिएका छन्।
त्यसैगरी दुर्घटनामा दुवै सवारीका ६ जना घाइते भएका छन्। जसमध्ये दुई जना सामान्य, दुई जना उपचार पछि डिस्चार्ज र एकजना गम्भीर रहेको डिएसपी रिजालले बताएका छन् ।
दुर्घटनामा हायसका चालक अन्दाजी ४० ळवर्षीय पुरूष, उक्त गाडीमा सवार गोरखा आरूघाट गाउँपालिका-१ मान्बु बस्ने ४० वर्षीय राजबहादुर गुरूङ, अन्दाजी ४० वर्षीया महिला, ३२ वर्षीया पुरूष र ३५ वर्ष वर्षीय पुरूषको मृत्यु भएको छ।मृतक चार जनाको सनाखत हुन बाँकी रहेको जनाइएको छ। ३ जनाको उपचारको क्रममा र २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको जनाइएको छ। दुर्घटनाका कारण बाटो एकतर्फी संचालनमा ल्याइएको छ।
१० असार, हेटौंडा। मकवानपुरका सबै जसो स्थानीय तहले मंगलबार नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। जील्लाको...
१० असार, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब ९० करोड ३ लाख १० हजारको बजेट...
१० असार, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाले ७ जना चेलिलाई सम्मान गरेको छ । पालिकाले चेलि प्रोत्साहन...
१० असार, हेटौंडा। मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम बहुमतले...
१० असार, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले आगामी आव २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।...
१० असार, हेटौंडा । प्रतिनिधिसभाको आजको बैठकबाट विनियोजन विधेयक, २०८२ पारित गरिने भएको छ । आज बिहान ११ बजे बस्ने...
१० असार, हेटौंडा । भिजिट भिसाको दुरुपयोग र यससँग जोडिएको मानव तस्करी तथा अनियमितताको बढ्दो गुनासोबीच सरकारले...
१० असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले ...
९ असार, हेटौंडा । कैलालीको नेपालभारत सिमाना क्षेत्रबाट नेपाली प्रहरीले कटुवा पेस्तोलसहित दुई जना भारतीय...
२९ जेठ, हेटौंडा । हेटौंडा-१० मा राप्तीरोडमा रहेको दास इम्पोरियमका संचालकमाथि कुटपिटमा संलग्नताको आरोपमा ९ जना...
५ असार, हेटौंडा । मकवानपुरको थाहानगरमा धारिलो हतियार प्रहार गरी महिलाको मृत्यु भएको छ। महिलालाई देवरले धारिलो...
४ असार, हेटौंडा। हेटौँडा उपमहानगरपालिका–१ का वडाध्यक्ष तथा नगर प्रवक्ता तथा नेपाली काँग्रेस हेटौंडा नगर सचिव...
७ असार, हेटौंडा । चितवनमा भएको सवारी दुर्घटनामा मृत्यु भएका ७ जनामध्ये दुई जनाको पहिचान खुलेको छ। पहिचान...
२९ जेठ, हेटौंडा । हेटौंडा-१० मा राप्तीरोडमा रहेको दास इम्पोरियमका संचालकमाथि कुटपिट भएको छ । राप्तीरोडमा रहेका...
२८ जेठ, हेटौंडा। कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले विभिन्न रोगव्यादीका साथै प्राकृतिक विपद्का...
४ असार, हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ बाट ५ जना जुवाडे पक्राउ परेका छन् ।हेटौंडा १६ गौरीटार...
३१ जेठ, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका -१५ डाईभरडाँडामा ब्रेक फेल...
७ असार, भण्डारा । चितवनको डडुवामा यात्रुवाहक बस र ईभी (भ्यान) माइक्रो एक आपसमा ठोक्किँदा सात जनाको मृत्यु भएको...