Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

दोस्रो चैनपुर जेसीज मनहरी कप फुटबल :उद्घाटन् खेलमा नमोबुद्ध विजयी

Screenshot_20241108_20234-1731076748.jpg

२३ कार्तिक, हेटौंडा। आजबाट दोस्रो चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगिता सुरु भएको छ।सुरु भएको प्रतियोगिताको बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन उदघाटन गरेका छन्।

मनहरी गाउँपालिकाको ४ नम्बर वडास्थित मसिनेको गोलघर खेल मैदानमा सुरु भएको खेलमा हेटौंडा १३ पदमपोखरीको नमोबुद्ध एफसीले विजय यात्रा सुरु गरेको छ । उद्घाटन खेलमा मनहरी ४ नम्बर वडालाई २–० ले हराउँदै नमोबुद्धले विजय यात्रा सुरु गरेको हो ।प्रतियोगितामा  २६ औं मिनेटमा सुनिल लामाले गोल गर्दै नमोबुद्धलाई अग्रता दिलाएका थिए । ४३ औं मिनेटमा सामुयल सुनारले अग्रता दोब्बर बनाए । मनहरी ४ ले गोल गर्ने केही मौका पाएपनि सदुपयोग गर्न नसक्दा पहिलो खेलबाटै बाहिरिएको छ । खेलको म्यान अफ द म्याच नमोबुद्धका सामुयल सुनार नै घोषित भए। जारी प्रतियोगितामा शनिबार हाँडीखोला यूथ क्लव र जनसिद्ध क्लवको बीचमा खेल हुने प्रतियोगिताका सहसंयोजक उज्वल विष्टले जानकारी दिए ।

प्रतियाेगिता उदघाटन कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती, मनहरी गाउँपालिका ४ नम्बर वडा अध्यक्ष प्रकाश थापा, राष्ट्रिय स्वतन्त्र पार्टी प्रदेश सभापति सञ्जिव पाठक, पर्साखैरहनी जेसीजका अध्यक्ष नारन उप्रेती, सल्लाहकार विदुरविक्रम थापा, कार्यकारिणी उपाध्यक्ष सुरेश गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए।

मंसिर ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका १६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एकलाख एकहजार १११ रुपैयाँ र उपविजेताले ५१ हजार १५१ रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ७ हजार ५ सय रुपैयाँ र अन्य विधागत उत्कृष्टले जनही ३ हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गर्ने अर्का सहसंयोजक प्रदीप थापाले जानकारी दिए । मनहरी गाउँपालिकाको ४ नम्बर वडाको मुख्य प्रायोजन एवम् अन्य विभिन्न संघसंस्थाको सहयोगमा प्रतियोगिता सुरु भएको हो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार