३० कार्तिक, हेटौंडा। हेटौंडा वडा नम्बर १२ मा मंसिर १६ गते हुन स्थानीय तह सदस्य पदको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । शुक्रबार एक समारोहका बीच मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।
हेटौंडा वडा नम्बर १२ का वडा अध्यक्ष ललितबहादुर घलान जिल्ला समन्व्य प्रमुखमा निर्वाचित भएसंगै हेटौंडा १२ मा वडाध्यक्ष रिक्त रहेको छ। रिक्त रहेको वडा अध्यक्ष पदको लागि मंसिर १६ गते उप निर्वाचन हुदैछ। शुक्रबार मुख्य निर्वाचन अधिकृत अवानी मैनाली भट्टराईले वडा कार्यालय भवनमा बोर्ड राख्दै कार्यालय स्थापना भएको घोषणा गरेकी हुन्। कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख ललित घलान, हेटौडा उपमहानगरपालिका प्रमुख मिनाकुमारी लामा, प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल, जिल्ला सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति रहेको थियो।
निर्वाचन कार्यतालिका अनुसार मंसिर २ गते आइतबार मनोनयन दर्ता, उम्मेदवारको सूचि प्रकाशन, आयोगको मंसिर ३ गते उम्मेदवारको विरोधमा उजुरी, उजुरी उपर जाँचबुझ र निर्णय, मंसिर ४ गते उम्मेदवारको नामावली प्रकाशन, ५ गते उम्मेदवारको नाम फिर्ता, अन्तिम नामावली प्रकाशन गर्ने, उम्मेदवालरलाई निर्वाचन चिन्ह् प्रदान गर्ने तालिका रहेको छ ।४ हजार ४ सय २८ जना पुरुष र ३ हजार ६ सय २५ जना महिला गरी कुल ८ हजार ५३ मतदाता रहेको यस वडामा मतदानका लागि दुई स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ । प्रतिभा आधारभूत विद्यालय सिग्रेनीमा ५ वटा मतदान उप केन्द्र र विष्णु ज्योती आधारभूत विद्यालय भोर्लेमा ४ वटा मतदान उप केन्द्र रहेको वागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख हरिप्रसाद ढकालले प्रष्टखबरलाई जनाएका छन् ।
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...





-1792715895.jpg)









-nepal-1792111426.jpg)


