८ मंसिर, हेटाैंडा । मकवानपुरकाे राक्सिराङ गाउँपालिका वडा नम्बर ७ नम्बर तल्लाे गर्लिङमा करिब २ कराेड रूपैया लागतमा सामुदायिक विद्यालयको भवन निर्माण हुने भएको छ । गर्लिङमा रहेकाे सातकन्या प्राथमिक विद्यालयकाे सात काेठे भवनकाे शुक्रबार बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले शिलान्यास गरेका हुन् ।
लिसा हिमालय इभीमार्फत दिगाे विकासका लागि एकता नेपालकाे आर्थिक सहयाेगमा २ कराेड १ लाख रुपैयाँकाे ठेक्कामार्फत विद्यालय भवन निर्माण हुन लागेकाे हाे ।
गृह आर्किटेक एण्ड बिल्डर्स प्रालिसँग २०८१ कात्तिक २० गते विद्यालय निर्माणकाे सम्झाैता भएकाेमा २०८२ कात्तिक १८ गतेसम्म सम्पन्न गर्ने उल्लेख छ । पक्की विद्यालय भवन नहुँदा यस भेगका विद्यार्थीहरु जस्ताकाे छानाेयुक्त कच्ची भवनमा अध्ययन गर्दै आएका थिए । पक्की भवन निर्माण भएसँगै अध्ययनमा सहज हुने र विद्यार्थीहरु पनि विद्यालयतिर आकर्षित हुने विश्वास लिइएकाे छ ।
विद्यालय भवन शिलान्यास गर्दै बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले विकट गाउँमा सडक सञ्जालसँगै शिक्षा, स्वास्थ्य, सडकलगायत पूर्वाधार विकास र सामाजिक आर्थिक विकासमा स्थानीय, प्रदेश र संघीय सरकारले ध्यान दिएकाे बताए । बानियाँले राक्सिराङ ७ स्थित गर्लिङसम्म पुग्ने सडक स्तरीकरण गर्न प्रदेश सरकारमार्फत बजेटकाे व्यवस्था गरिने प्रतिवद्धता जनाएका छन् ।
विद्यालय निर्माण हुने स्थान बानियाँको निर्वाचन क्षेत्र पनि हो। सातकन्या प्राथमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एकराज मुक्तानकाे अध्यक्षतामा भएकाे भवन शिलान्यास कार्यक्रममा प्रदेशसभा सदस्य बानियाँकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । कार्यक्रममा बागमती प्रदेशका पूर्व भाैतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङ, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, दातृ संस्था लिसा हिमालय इभीका एक्टिङ कन्ट्री डाइरेक्टर अन्जन पाैडेल, नेपाली कांग्रेस मनहरी सभापति प्रकाश वर्ताैला, राक्सिराङ ७ का वडाध्यक्ष रामबहादुर प्रजालगायतले मन्तव्य व्यक्त गरेका थिए । उदघाटन गरिएको क्षेत्र राक्सिराङको विकट स्थान मानिन्छ।
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...


















