Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बानियाँले निर्वाचन क्षेत्र राक्सिराङ पुगेर गरे विद्यालय भवनको शिलान्यास

Screenshot_20241123_08372-1732330509.jpg

८ मंसिर, हेटाैंडा । मकवानपुरकाे राक्सिराङ गाउँपालिका वडा नम्बर ७ नम्बर  तल्लाे गर्लिङमा करिब २ कराेड रूपैया लागतमा सामुदायिक विद्यालयको भवन निर्माण हुने भएको छ । गर्लिङमा रहेकाे सातकन्या प्राथमिक विद्यालयकाे सात काेठे भवनकाे शुक्रबार बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले शिलान्यास गरेका हुन् ।
लिसा हिमालय इभीमार्फत दिगाे विकासका लागि एकता नेपालकाे आर्थिक सहयाेगमा २ कराेड १ लाख रुपैयाँकाे ठेक्कामार्फत विद्यालय भवन निर्माण हुन लागेकाे हाे ।

गृह आर्किटेक एण्ड बिल्डर्स प्रालिसँग २०८१ कात्तिक २० गते विद्यालय निर्माणकाे सम्झाैता भएकाेमा २०८२ कात्तिक १८ गतेसम्म सम्पन्न गर्ने उल्लेख छ । पक्की विद्यालय भवन नहुँदा यस भेगका विद्यार्थीहरु जस्ताकाे छानाेयुक्त कच्ची भवनमा अध्ययन गर्दै आएका थिए । पक्की भवन निर्माण भएसँगै अध्ययनमा सहज हुने र विद्यार्थीहरु पनि विद्यालयतिर आकर्षित हुने विश्वास लिइएकाे छ । 

विद्यालय भवन शिलान्यास गर्दै बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले विकट गाउँमा सडक सञ्जालसँगै शिक्षा, स्वास्थ्य, सडकलगायत पूर्वाधार विकास र सामाजिक आर्थिक विकासमा स्थानीय, प्रदेश र संघीय सरकारले ध्यान दिएकाे बताए । बानियाँले राक्सिराङ ७ स्थित गर्लिङसम्म पुग्ने सडक स्तरीकरण गर्न प्रदेश सरकारमार्फत बजेटकाे व्यवस्था गरिने  प्रतिवद्धता जनाएका छन् ।
विद्यालय निर्माण हुने स्थान बानियाँको निर्वाचन क्षेत्र पनि हो। सातकन्या प्राथमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एकराज मुक्तानकाे अध्यक्षतामा भएकाे भवन शिलान्यास कार्यक्रममा प्रदेशसभा सदस्य बानियाँकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । कार्यक्रममा बागमती प्रदेशका पूर्व भाैतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङ, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, दातृ संस्था लिसा हिमालय इभीका एक्टिङ कन्ट्री डाइरेक्टर अन्जन पाैडेल, नेपाली कांग्रेस मनहरी सभापति प्रकाश वर्ताैला, राक्सिराङ ७ का वडाध्यक्ष रामबहादुर प्रजालगायतले मन्तव्य व्यक्त गरेका थिए । उदघाटन गरिएको क्षेत्र राक्सिराङको विकट स्थान मानिन्छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार