८ मंसिर, हेटौंडा । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि यति बेला हेटौंडा १२ मा राजनीतिक दलले चुनावी अभियान तिब्र पारेका छन् । भोट हाल्ने दिन नजिकै जाँदा उम्मेदवारहरु चुनावी अभियानलाई तिब्र बनाउँदै घरदैलोमा पुगी मतदाता फकाउन व्यस्त रहेका हुन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राजस्व, राप्रपा, जसपा लगायतका दलहरू सहित १२ जनाले वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
नेपाली कांग्रेसका वडाध्यक्ष पदका उम्मेदवार अर्जुनप्रसाद तिवारी बिहानैदेखि घरदैलोमा व्यस्त रहेका छन् । झिनो मतले २०७९ को निर्वाचनमा पराजित भएका तिवारी यस पटकको उपनिर्वाचनमा जनताको अमूल्य मत प्राप्त गर्न घर घर पुगेर विगतमा थोरै मतले पराजित भए पनि विकासमा निरन्तर जोडिएकोले आफुलाई मत दिन आग्रह गरिरहेका छन् । मतदाताले आफुलाई साथ दिने क्रम बढिरहेका जित्ने दावी उनको छ ।
त्यसैगरी नेकपा एमालेबाट वडाध्यक्षको उम्मेदवारी दिए राजेश नगरकोटी पनि घर दैलोमै व्यस्त रहेका छन् । नगरकोटी एमाले जिल्ला र स्थानीय नेता कार्यकर्तासहित घरदैलोमा छन् । उनी पनि यसपालि विगतको तेस्रो स्थानमा रहेको अवस्थाबाट मतदाताको मन जित्दै बाजि मार्ने तयारीमा छन् ।
नेकपा माओवादीका केन्द्र हेटौंडा उपमहानगरपालिमा यहि एउटा मात्र वडामा झण्डा गाड्न सफल भएकोले वडामा जित्नै पर्ने दवावसहित घर दैलोमा व्यस्त छ । माओवादी केन्द्रका उम्मेदवार रविन प्रधान मतदाताको मन जित्न घर घर पुगेका छन् । आफुलाई मत दिएर विजयी गराउन आग्रह गर्दै आफुले जिते विकासमा जनतालाई साथ दिने प्रतिवद्धता जनाइरहेका छन् । राप्रपाका उम्मेदवार प्रेम भोलन, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आशावीर बलसहित विभिन्न दल र स्वतन्त्र उम्मेदवार आफ्नो पक्षमा माहोल बनाउन व्यस्त छन् ।
चुनावी अभियानलाई व्यवस्थित ढंगले अघि बढाउन दलहरूले छलफल गरि फरक फरक टोल मिलाएर अभियान संचालन गरिरहेका छन् । उम्मेदवारहरू मूल सडकमा मात्रै नभई खेतिपातिमा व्यस्त मतदाताको खेतबारीमै पुगिरहेका छन् । हेटौंडा-१२ मा केही पुराना र केही नयाँ उम्मेदवार मैदानमा छन् ।
२०७९ को स्थानीय तह सदस्य निर्वाचनमा ६४६५ मतदाता रहेको यस वडामा मंसिर १६ गते हुने उप निर्वाचनका लागि ८०५३ मतदाता कायम गरिएको छ। कायम गरिएको संख्यामा ३८७८ पुरुष र ४१७४ महिला रहेका छन् । जिल्ला निर्वाचन कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्यांक अनुसार ३१ महिनाको अन्तरालमा हेटौंडा १२ मा १ हजार ५८८ मतदान थप भएका छन् ।
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...


















