Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा-१२ का उम्मेदवार मतदाता फकाउन व्यस्त

Screenshot_20241123_20032-1732371797.jpg

८ मंसिर, हेटौंडा । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि यति बेला हेटौंडा १२ मा राजनीतिक दलले चुनावी अभियान तिब्र पारेका छन् । भोट हाल्ने दिन नजिकै जाँदा उम्मेदवारहरु चुनावी अभियानलाई तिब्र बनाउँदै घरदैलोमा पुगी मतदाता फकाउन व्यस्त रहेका हुन् । 
नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राजस्व, राप्रपा, जसपा लगायतका दलहरू सहित १२ जनाले वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
नेपाली कांग्रेसका वडाध्यक्ष पदका उम्मेदवार अर्जुनप्रसाद तिवारी बिहानैदेखि घरदैलोमा व्यस्त रहेका छन् ।  झिनो मतले २०७९ को निर्वाचनमा पराजित भएका तिवारी यस पटकको उपनिर्वाचनमा जनताको अमूल्य मत प्राप्त गर्न घर घर पुगेर विगतमा थोरै मतले पराजित भए पनि विकासमा निरन्तर जोडिएकोले आफुलाई मत दिन आग्रह गरिरहेका छन् । मतदाताले आफुलाई साथ दिने क्रम बढिरहेका जित्ने दावी उनको छ ।
त्यसैगरी नेकपा एमालेबाट वडाध्यक्षको उम्मेदवारी दिए राजेश नगरकोटी पनि घर दैलोमै व्यस्त रहेका छन् । नगरकोटी एमाले जिल्ला र स्थानीय नेता कार्यकर्तासहित घरदैलोमा छन् । उनी पनि यसपालि विगतको तेस्रो स्थानमा रहेको अवस्थाबाट मतदाताको मन जित्दै बाजि मार्ने तयारीमा छन् ।
नेकपा माओवादीका केन्द्र हेटौंडा उपमहानगरपालिमा यहि एउटा मात्र वडामा झण्डा गाड्न सफल भएकोले   वडामा जित्नै पर्ने दवावसहित घर दैलोमा व्यस्त छ । माओवादी केन्द्रका उम्मेदवार रविन प्रधान मतदाताको मन जित्न घर घर पुगेका छन् । आफुलाई मत दिएर विजयी गराउन आग्रह गर्दै आफुले जिते विकासमा जनतालाई साथ दिने प्रतिवद्धता जनाइरहेका छन् ।  राप्रपाका उम्मेदवार प्रेम भोलन, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आशावीर बलसहित विभिन्न दल र स्वतन्त्र उम्मेदवार आफ्नो पक्षमा माहोल बनाउन व्यस्त छन् ।
चुनावी अभियानलाई व्यवस्थित ढंगले अघि बढाउन दलहरूले छलफल गरि फरक फरक टोल मिलाएर अभियान संचालन गरिरहेका छन् । उम्मेदवारहरू मूल सडकमा मात्रै नभई खेतिपातिमा व्यस्त मतदाताको खेतबारीमै पुगिरहेका छन् । हेटौंडा-१२ मा केही पुराना र केही नयाँ उम्मेदवार मैदानमा छन् ।
२०७९ को स्थानीय तह सदस्य निर्वाचनमा ६४६५ मतदाता रहेको यस वडामा मंसिर १६ गते हुने उप निर्वाचनका लागि ८०५३ मतदाता कायम गरिएको छ। कायम गरिएको संख्यामा ३८७८ पुरुष र ४१७४ महिला रहेका छन् । जिल्ला निर्वाचन कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्यांक अनुसार ३१ महिनाको अन्तरालमा हेटौंडा १२ मा १ हजार ५८८ मतदान थप भएका छन् ।

Screenshot_20241123_19543-1732371818.jpg
Screenshot_20241123_19535-1732371818.jpg
IMG-09b8fdb25758c4cf0200d-1732371886.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार