Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

हेटौंडा-१७ गैरीगाउँमा भएको महायज्ञमा १४ लाख ८६ हजार रूपैयाँ संकलन

Screenshot_20241127_17483-1732709111.jpg

१२ मंसिर, हेटौंडा । हेटौंडा-१७ गैरीगाउँमा मंसिर ७ गतेदेखि भइरहेको श्रीमद बाल्मिकीय रामायण नवाह ज्ञान महायज्ञको ६ दिनसम्ममा १४ लाख ८६ हजार १६५ रूपैयाँ दान संकलन भएको छ ।
श्रीमद भागवत ज्ञान सञ्चार बृद्धाश्रम अक्षयकोष स्थापनार्थ भइरहेको नवाह ज्ञान महायज्ञमा बुधबारसम्ममा १४ लाख ८६ हजार १६५ रूपैयाँ दान संकलन भएको हो ।
महायज्ञमा पहिलो र दोस्रो दिनमा १ लाख ९७ सय ७०८ हजार रूपैयाँ, तेस्रो दिन ५२ हजार ४९१ रूपैयाँ, चौथो दिन २ लाख ९ हजार ४०८ रूपैयाँ, पाँचौ दिन ४ लाख ४९ हजार ६९८ रूपैयाँ, छैठौं दिन ५ लाख ७६ हजार ८६० रूपैयाँ संकलन भएको छ ।
अक्षयकोषका लागि हालसम्म पुरूषोतम तिमल्सिनाबाट १ लाख १ हजार १ सय ११ रूपैयाँ, दामोदर तिमल्सिनाबाट १ लाख १ सय रूपैयाँ, रामचन्द्र तिमल्सिना १ लाख १ हजार १ सय रूपैयाँ, राधा रामानुज दासी पुरी ५१ हजार ५ सय, आयान वेल्थ म्यानेजमेन्ट प्रालि (उद्धव दाहाल) बाट ५० हजार १ सय रूपैयाँ, मिरा महत कार्कीबाट १ लाख १ हजार १ सय ११ रूपैयाँ, गान्जु कटुवालबाट १ लाख १ हजार १ सय ११ रूपैयाँ, मूल गेट निर्माणका लागि सुजाता मैनालीबाट १ लाख १ हजार १ सय ११ रूपैयाँ, शुभनाथ दाहाल परिवारबाट १ लाख ५३ हजार रूपैयाँ, विसोक्सेन भट्टराई एवं रूक्मणि भट्टराईबाट १ लाख १ हजार १ सय १५ रूपैयाँ, विशु भट्टको परिवारबाट ५३ हजार १ सय ५ रूपैयाँ, अष्ट्रेलिया निवासी नबिना, नम्रता, नमूना ढकालबाट ५० हजार १ सय ५५ रूपैयाँ, बैकुण्ठबासी परम भक्तको तर्फबाट ५० हजार पाँच रूपैयासहित ३७६ जना भक्तजनबाट दान प्राप्त भएको आर्थिक समिति संयोजक राजकुमार बिडारीले जानकारी दिए ।
महायज्ञमा हेटौडा-१७ पद्माकुमारी तिमल्सिना, उद्धब तिमल्सिना, चक्रधरि दाहाल र जानुका दाहालबाट तुलादान भएको थियो ।
मंसिर १५ गतेसम्म संचालन हुने महायज्ञबाट संकलित  सम्पूर्ण रकम अक्षयकोषमा जम्मा हुने जनाइएको छ ।

Screenshot_20241127_17484-1732709142.jpg
Screenshot_20241127_17485-1732709142.jpg
Screenshot_20241127_17490-1732709155.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार