Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा १२ मा उपनिर्वाचन: तयारी पूरा,वडा क्षेत्र रातिबाटै सिल

Screenshot_20241130_18300-1732971107.jpg

१५ मंसिर, हेटाैंडा। हेटौंडा उपमहानगरपालिका–१२ को वडाध्यक्ष पदमा मंसिर १६ गते (भोली) हुने उपनिर्वाचनका लागि सम्पुर्ण तयारी पुरा भएको छ। वडाध्यक्ष पदका लागि हुने निर्वाचनका लागि ४५ जना कर्मचारी खटाइएको छ ।

उक्त वडामा भोर्लेमा रहेको विष्णु आधारभूत विद्यालय र सिग्रेनीमा रहेको प्रतिभा आधारभूत विद्यालय मतदाता केन्द्र रहेको छ।विष्णु आधारभूत विद्यालय मतदान केन्द्रमा ४ वाट केन्द्र र प्रतिभा आधारभूत विद्यालय मतदान केन्द्रमा ५ वटा केन्द्र निर्धारण गरिएको छ। विष्णु आधारभूत विद्यालय मतदान केन्द्र भोर्लेमा ३६२५ मतदाता र प्रतिभा आधारभूत केन्द्रमा ४४२८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ। ९ वटा केन्द्रमा ५ जना कर्मचारीका दरले ४५ जना कर्मचारीलाई मतदान स्थलमा खटाइएको मुख्य निर्वाचन अधिकृत अवानी मैनाली भट्टराई जनाएकी छिन्। खटिएका ४५ जना कर्मचारीलाई मुख्य निर्वाचन अधिकृत अवनी मैनाली भट्टराईले बिहीबार निर्वाचन सामाग्री हस्तान्तरण गरेकी थिइन्। यता मतदान स्थल सुरक्षाको प्रबन्धका लागि ८ वटा प्वाईन्ट बनाईएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिएका छन् । उनले मतदान हुने अघिल्लो दिन आज रातीदेखि नै मतदान हुने वडालाई सिल गरिने बताए ।

उनका अनुसार, मतदान स्थलको बाहीरी घेरामा नेपाली सेना, भित्री घेरामा सशस्त्र प्रहरी र मतदान स्थलको पहिलो घेरामा आवश्यकता अनुसार नेपाल प्रहरी परिचालन हुनेछ ।सुरक्षा सुदृढ बनाउन राष्ट्रिय अनुसन्धान केन्द्र समेत परिचालन गरिएको उनले बताए ।  ८ हजार ५० मतदाता रहेको उक्त वडामा वडाध्यक्ष पदका लागि १२ जनाले मनोनयन दर्ता गराएका छन् । कांग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेदवार बिच कडा प्रतिस्पर्धा रहने बुझिएको छ। बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको कार्य तालिका रहेको छ भने मतगणना हेटौंडा २ मा रहेको सिद्धार्थ माविको सभाहलमा हुनेछ। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार