Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा १२ मा उपनिर्वाचन: तयारी पूरा,वडा क्षेत्र रातिबाटै सिल

Screenshot_20241130_18300-1732971107.jpg

१५ मंसिर, हेटाैंडा। हेटौंडा उपमहानगरपालिका–१२ को वडाध्यक्ष पदमा मंसिर १६ गते (भोली) हुने उपनिर्वाचनका लागि सम्पुर्ण तयारी पुरा भएको छ। वडाध्यक्ष पदका लागि हुने निर्वाचनका लागि ४५ जना कर्मचारी खटाइएको छ ।

उक्त वडामा भोर्लेमा रहेको विष्णु आधारभूत विद्यालय र सिग्रेनीमा रहेको प्रतिभा आधारभूत विद्यालय मतदाता केन्द्र रहेको छ।विष्णु आधारभूत विद्यालय मतदान केन्द्रमा ४ वाट केन्द्र र प्रतिभा आधारभूत विद्यालय मतदान केन्द्रमा ५ वटा केन्द्र निर्धारण गरिएको छ। विष्णु आधारभूत विद्यालय मतदान केन्द्र भोर्लेमा ३६२५ मतदाता र प्रतिभा आधारभूत केन्द्रमा ४४२८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ। ९ वटा केन्द्रमा ५ जना कर्मचारीका दरले ४५ जना कर्मचारीलाई मतदान स्थलमा खटाइएको मुख्य निर्वाचन अधिकृत अवानी मैनाली भट्टराई जनाएकी छिन्। खटिएका ४५ जना कर्मचारीलाई मुख्य निर्वाचन अधिकृत अवनी मैनाली भट्टराईले बिहीबार निर्वाचन सामाग्री हस्तान्तरण गरेकी थिइन्। यता मतदान स्थल सुरक्षाको प्रबन्धका लागि ८ वटा प्वाईन्ट बनाईएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिएका छन् । उनले मतदान हुने अघिल्लो दिन आज रातीदेखि नै मतदान हुने वडालाई सिल गरिने बताए ।

उनका अनुसार, मतदान स्थलको बाहीरी घेरामा नेपाली सेना, भित्री घेरामा सशस्त्र प्रहरी र मतदान स्थलको पहिलो घेरामा आवश्यकता अनुसार नेपाल प्रहरी परिचालन हुनेछ ।सुरक्षा सुदृढ बनाउन राष्ट्रिय अनुसन्धान केन्द्र समेत परिचालन गरिएको उनले बताए ।  ८ हजार ५० मतदाता रहेको उक्त वडामा वडाध्यक्ष पदका लागि १२ जनाले मनोनयन दर्ता गराएका छन् । कांग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेदवार बिच कडा प्रतिस्पर्धा रहने बुझिएको छ। बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको कार्य तालिका रहेको छ भने मतगणना हेटौंडा २ मा रहेको सिद्धार्थ माविको सभाहलमा हुनेछ। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार