१६ मंसिर, हेटौंडा । किवानिज क्लब हेटौंडाको पद हस्तान्तरण भएको छ । अन्तर्राष्ट्रिय संस्था किवानिज क्लब हेटौंडाको वर्ष २०२३/२४ का अध्यक्ष सुवर्णकेशर लामिछानेले वर्ष २०२४/२५ का अध्यक्ष गंगा पौडेललाई पद हस्तान्तरण गरेका हुन् ।
किवानिज क्लब हेटौंडाका वर्ष २०२३/२४ का अध्यक्ष लामिछानेको सभाध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा किवानिज क्लव नेपालका निवर्तमान गभर्नर तीर्थकुमार सिंहले बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाको रुपमा सन २०१५ देखि नेपालमा सक्रिय रहेको बताए ।
यो संस्थाले १८ वर्ष मुनीका बालबालिकालाई शिक्षा, स्वास्थ्य, खेलकुद, नेतृत्वविकास लगायतका क्षेत्रमा सहयोग गरिरहेको उनले बताए । कार्यक्रममा बिशिष्ठ अतिथि हेटौंडा उपमहानगरका प्रवक्ता सबिन न्यौपानेले बालबालिकाको क्षेत्रमा राम्रो काम गरिरहेको बिवानिजलाई वडाको तर्फबाट पनि आवश्यक सहयोग हुने बताए ।
किवानिज नेपालका भाइस गभर्नर रामहरि सुबेदी, किवानिज नेपालका सचिव शिबबहादुर काफ्ले, किवानिज चाइल्ड फण्ड चियरपर्सन गोपीमान श्रेष्ठ, डिभिजन–३ का साउथ एलटी गभर्नर डा. अनुपमा श्रेष्ठको उपस्थितिमा पद हस्तान्तरण भएको हो । गत सेप्टेम्बर महिनामा भएको निर्वाचन कार्यक्रमले अध्यक्ष पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको भएपनि शनिबार हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा किवानिज क्लबका मकवानपुरका संस्थापक अध्यक्ष तीर्थराज पराजुली, उपाध्यक्ष भानुभक्त आचार्य, सदस्य पूर्णप्रसाद अर्याललगायतको उपस्थिति रहेको थियो ।
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...


















