२२ मंसिर,हेटौंडा । नेपाली कांग्रेसले कैलाश गाउँपालिकाकाे ४ वटा वडाको पार्टीका क्रियाशिल सदस्य र जनप्रतिनिधिबीच संयुक्त प्रशिक्षण कार्यक्रम गरेको छ ।
कांग्रेस कैलाश ६ नम्बर वडाको आयोजना तथा कैलाश गाउँपालिका कार्यसमितिको समन्वयमा कैलाश ६ को पकनीमा शनिबार कैलाश १,२,५ र ६ नम्बर वडाको संयुक्त प्रशिक्षण कार्यक्रम भएको हो ।
कांग्रेस कैलाश ६ का वडा सभापति कृष्णबहादुर मोक्तानको सभाध्यक्षता तथा कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कांग्रेसका जिल्ला सभापति बुद्ध लामा, बागमती प्रदेश सदस्य चम्फुरत्न लामा, जिल्ला प्रवक्ता अर्जुन चौलागाईंलगायतले प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा कांग्रेसको स्थापना, इतिहास, कांग्रेस नेतृत्वको सरकार हुँदा जनतासामु गरेका मुख्य काम, कांग्रेसका मुख्य नेताहरूको परिचय, राष्ट्रियता, लोकतन्त्र र समाजवाद्, कांग्रेसको सदस्यता, आचरण व्यवहार र संगठन गर्दा ध्यान दिनुपर्ने विषयलगायत पार्टीको नीतिनियमबारे प्रशिक्षण दिइएको थियोे । प्रशिक्षणमा बोल्दै प्रमुख अतिथि बानियाँले जनप्रतिनिधि पार्टी र जनताको प्रतिनिधि भएकाले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर निस्वार्थरुपमा काम गर्नुपर्ने बताउँदै जनप्रतिनिधिमा निर्वाचित गराउनका लागि पार्टीका हजारौँ कार्यकर्ताले पसिना बगाएको कुरा पदमा रहेकाहरूले भुल्न नहुने बताए ।नेता बानियाँले जनप्रतिनिधिले पार्टीसँग सल्लाह नगरी काम गर्दा जनप्रतिनिधि र पार्टी बीच सम्बन्ध बिग्रिदा पार्टीको सङ्गठन विस्तारमा समस्या हुने भएकाले जनप्रतिनिधि र पार्टीबीच समन्वय र सल्लाह गरेर अघि बढ्न निर्देशन दिए ।
कार्यक्रममा कांग्रेस प्रतिनिधिसभा २ का संघीय सभापति लोक मोक्तान, महासमिति सदस्य भरत लामा, महाधिवेशन प्रतिनिधि रत्नबहादुर गोले, कैलाश गाउँपालिका सभापति राजेन्द्र घिसिङ, कोषाध्यक्ष एन्जिला भ्लोन, दलित संघका केन्द्रीय सदस्य गौरव विक, प्रदेश प्रतिनिधि बेलबहादुर मोक्तान, क्षेत्रीय प्रतिनिधि तेजबहादुर भ्लोनलगायतले मन्तव्य व्यक्त गरेका थिए । ४ वडाका कांग्रेस पार्टी प्रतिनिधि तथा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि गरी एकसय ५० भन्दा बढीको सहभागिता रहेको प्रशिक्षणमा विभिन्न पार्टी परित्याग गरि ४० जना कांग्रेसमा प्रवेश गरेका थिए ।
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...


















