Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नेपाल पत्रकार महासंघ मकवानपुर अधिकारीको नेतृत्वमा

FB_IMG_1734139852950-1734140161.jpg

२९ मंसिर, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको अध्यक्षमा बाल कृष्ण अधिकारी निर्वाचित भएका छन । प्रेस युनियन र प्रेस चौतारी एलायन्सबाट उम्मेदवार बनेका चौतारी मकवानपुरका अध्यक्ष रहेका उनले ४५ मत प्राप्त गरेर ३ वर्षका लागि निर्वाचित भएका हुन्। 
नयाँ नेतृत्वका लागि हिजो भएको मतदानबाट अधिकारीले प्रेस सेन्टरबाट अध्यक्षका उम्मेदवार बनेकी अञ्जली थापालाई ९ मतान्तरले पराजित गर्दै अधिकारी पत्रकार महासंघ मकवानपुरका अध्यक्षमा निर्वाचित भएका हुन् । अधिकारीले ४५ मत प्राप्त गर्दा सेन्टरबाट उम्मेदवार बनेकी अञ्जली थापाले ३६ मत मात्र प्राप्त गरेका थिए। त्यसैगरी अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका पोष्टराज अधिकारी (कुमार) ले २० मत प्राप्त गरेका छन् भने अर्का उम्मेदवार सुरेश श्रेष्ठले ३ मत प्राप्त गरेका छन्। 
त्यसैगरी उपाध्यक्षमा धुव्र अधिकारी निर्वाचित भएका छन् । अधिकारीले ५५ प्राप्त गर्दा गणेश दर्पण अधिकारीले ४९ मत प्राप्त गरेका थिए । यस्तै महिला उपाध्यक्षमा प्रेस सेन्टरकी भावना रिजाल निर्वाचित भएकी छिन । उनले ५५ मत ल्याउदा  युनियन चौतारीकी साझा उम्मेदवार बनेकी प्रतिक्षा न्यौपानेले ४४ मत  पाइन् । महासंघ सचिवमा सेन्टरबाट इन्द्र प्रसाद बन्जारा (रमेश) दुलाललाई हराउँदै केशव समर्पण सुवेदी विजयी बनेका छन् । सुवेदीले ७३ मत प्राप्त गर्दा बन्जाराले ३१ मत प्राप्त गरे।त्यसैगरी सहसचिव (खुल्ला) मा शिव प्रसाद चौलागाईं विजयी भएका छन् ।  विश्वराम अधिकारीलाई ३६ मतले पछि पार्दै चौलागाईंले चुनाव जितेका हुन् । उनले ६५ मत प्राप्त गर्दा अधिकारीले ३९ मत पाए । यस्तै,सहसचिव समावेशीमा सन्नु रिजाले ५८ मत प्राप्त गरी रुपा गुरुङलाई हराएकी हुन्। गुरुङले ४० मत प्राप्त गरिन्।
मतले र अर्का उम्मेदवार चौतारीका
त्यस्तै, सदस्यहरुमा सरोज पौडेल ६५,रविन ढुङ्गा ५९, श्रीराम अर्जुन दाहाल ५७, श्यामलाल दुलाल (गणेश)५३, सुमन दुलाल ५२, अनिल  मत प्राप्त गरी विजयी भएका छन् । 

यस्तै सदस्य महिलामा स्मीता अर्जेल(४८) र  सदस्य आदिवासी जनजाति सदस्यमा सानुमाया गुरुङ  (४९)  मधेसीमा मनिल महतो  निर्विरोध निर्वाचित  भएका छन् ।सदस्य दलितमा संजीव विक (४७) मत सहित  निर्वाचित भएकी छिन्।त्यस्तै केन्द्रिय परिषद सदस्यमा नवराज शर्मा  र सुजन विडारी निर्वाचित भएका छन् । शर्माले ५१ मत र विडारीले ४५ मत ल्याई निर्वाचित भएका हुन । प्रदेश परिषद सदस्यमा ६ जना  र दलित केन्द्रीय परिषद सदस्यमा १ जना यस अघिनै निर्विरोध निर्वाचित भइसकेका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार