Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा उपमहानगरपालिकाको कृषि एम्बुलेन्स हस्तान्तरण

Screenshot_20241225_07295-1735091511.jpg

१० पुस, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले किसानले उत्पादन गरेका सामग्रीलाई सहज ढंगबाट बजारीकरणमा सहयोग पु¥याउने उद्देश्य अनुरुप चिस्यान सहितको कृषि एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

संघिय सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मार्फत पालिकामा चिस्यान सहितको कृषि एम्बुलेन्स खरिदका लागि आएको १९ लाख रुपियाँमा थप गरी खरीद गरेको कृषि उत्पादन बोक्ने सवारी हेटौंडा १३ को आधामार कृषक समुहलाई हस्तान्तरण गरेको हो ।

संघ बाट आएको पैसामा उपमहानगरको कार्यपालिका बैठकले थप रकम लगानी गरी खुल्ला प्रतिश्पर्धा मार्फत ३४ लाख ९० हजार रुपियाँको लागतमा खरीद भएको कृषि एम्बुलेन्स मंगलबार आधामार कृषक समुहका अध्यक्ष फेन्चु लामालाई हस्तान्तरण गरीएको हो ।

गत आर्थिक बर्ष २०८०/०८१ मा खरीद गरीएको कृषि एम्बुलेन्स सञ्चालनका लागि उपमहानगरले सुचना जारी गरेपछि परेको २ वटा कृषक समुह मध्य मुल्याङकनका आधारमा आधामारलाई योग्य मान्दै हस्तान्तरण गरीएको उपमहानगर कृषि शाखाका प्रमुख प्रदिप रेग्मीले बताए । उनका अनुसार चिस्यान सहितको एम्बुलेन्स भएकाले फलफुल, तरकारी सहितको उत्पादनलाई स्वच्छ ढंगबाट बजार सम्म लैजानका लागि आधामार योग्य देखिएकाले सञ्चालनको जिम्मेवारी दिइएको हो ।

एम्बुलेन्स हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ, हेटौंडा–१७ का अध्यक्ष उद्धब सत्याल र उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद गौतमले चाबि र सम्झौता पत्र हस्तान्तरण गरेका थिए । उपमहानगरले यस अघि मंगलबार नै  जिल्लाको पुर्वि भेगमा रहेको बागमती गाउँपालिकालाई बिपद्मा आवश्यक दमकल, सुमो, पिकअप सवारी हस्तान्तरण गरेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार