Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा उपमहानगरपालिकाको कृषि एम्बुलेन्स हस्तान्तरण

Screenshot_20241225_07295-1735091511.jpg

१० पुस, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले किसानले उत्पादन गरेका सामग्रीलाई सहज ढंगबाट बजारीकरणमा सहयोग पु¥याउने उद्देश्य अनुरुप चिस्यान सहितको कृषि एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

संघिय सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मार्फत पालिकामा चिस्यान सहितको कृषि एम्बुलेन्स खरिदका लागि आएको १९ लाख रुपियाँमा थप गरी खरीद गरेको कृषि उत्पादन बोक्ने सवारी हेटौंडा १३ को आधामार कृषक समुहलाई हस्तान्तरण गरेको हो ।

संघ बाट आएको पैसामा उपमहानगरको कार्यपालिका बैठकले थप रकम लगानी गरी खुल्ला प्रतिश्पर्धा मार्फत ३४ लाख ९० हजार रुपियाँको लागतमा खरीद भएको कृषि एम्बुलेन्स मंगलबार आधामार कृषक समुहका अध्यक्ष फेन्चु लामालाई हस्तान्तरण गरीएको हो ।

गत आर्थिक बर्ष २०८०/०८१ मा खरीद गरीएको कृषि एम्बुलेन्स सञ्चालनका लागि उपमहानगरले सुचना जारी गरेपछि परेको २ वटा कृषक समुह मध्य मुल्याङकनका आधारमा आधामारलाई योग्य मान्दै हस्तान्तरण गरीएको उपमहानगर कृषि शाखाका प्रमुख प्रदिप रेग्मीले बताए । उनका अनुसार चिस्यान सहितको एम्बुलेन्स भएकाले फलफुल, तरकारी सहितको उत्पादनलाई स्वच्छ ढंगबाट बजार सम्म लैजानका लागि आधामार योग्य देखिएकाले सञ्चालनको जिम्मेवारी दिइएको हो ।

एम्बुलेन्स हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ, हेटौंडा–१७ का अध्यक्ष उद्धब सत्याल र उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद गौतमले चाबि र सम्झौता पत्र हस्तान्तरण गरेका थिए । उपमहानगरले यस अघि मंगलबार नै  जिल्लाको पुर्वि भेगमा रहेको बागमती गाउँपालिकालाई बिपद्मा आवश्यक दमकल, सुमो, पिकअप सवारी हस्तान्तरण गरेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

थप समाचार