Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

राक्सिराङ पुगेर मुख्यमन्त्री लामाले भने गाँजा खेतीलाई "बैध" गरिनुपर्छ

Screenshot_20250109_20460-1736434890.jpg

२५ पुस,हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले मकवानपुरको राक्सिराङ पुगेर संघीय सरकारले ऐन बनाएर गाँजा खेतीलाई बैध गरिनुपर्ने बताएका छन्। ।

राक्सिराङ गाउँपालिकाको १७ औ हिउँदे अधिवेशनलाई उदघाटन गर्न राक्सिराङको चैनपुर पुगेका मुख्यमन्त्री लामाले सरकारले कानुन निर्माण गरेर गाँजा खेती गर्ने वातावरण तयार गर्नुपर्ने बताएका हुन् । हिउँदे अधिवेशनलाई सम्बोधन क्रममा मुख्यमन्त्री लामाले नागरिकको आवश्यकता अनुसारको विकास र गुणस्तरिय सेवा सहज रुपमा प्रदान गर्नु अहिलेको वर्तमान आवश्यकता रहेको तर त्यसको लागि आन्तरिक समस्या र कानुनी अड्चन सुल्झ्याउनुपर्ने बताएका छन् । उनले सिमान्तकृत वर्गको नागरिकको जिवनस्तर सुधारका लागि प्रदेश सरकारले रणनीतिक योजना कार्यान्वयनमा ल्याउने बताएका छन् । उनले सम्बोधनका क्रममा चेपाङ समुदायको विकास र उत्थानका लागि संरक्षित क्षेत्र घोषणा गरि कार्यक्रम कार्यान्वयनको चरणमा बागमती प्रदेश सरकार रहेको  उदघोष गरेका छन्। उनले राक्सिराङ हुदै धादिङको आदिमघाट जोडिने बाटोलाई बहुबर्षीय योजनामा पार्न सरकार लाग्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

त्यसैगरी कार्यक्रममा बोल्दै मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले स्थानीय तहले सिन्डिकेट लगाउदा संसदहरु जनताका विषयमा  जनप्रतिनिधिसंग जोडिन नसकेको आरोप लगाएका छन् । उनले स्थानीय तहका प्रमुख÷उपप्रमुखले संघ तथा प्रदेश सांसदसंग समन्वय गरेर अघि बढ्नु पर्ने बताएका छन् । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार