८ माघ, हेटौंडा । अमेरिकाका नवनिर्वाचित ४७ औँ राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ लिएका छन् । ट्रम्पले सोमबार अमेरिकी संसद्को क्यापिटल हिलमा शपथ लिएका हुन् । उनलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सले शपथ गराएका थिए । राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो शपथ ग्रहण भाषणमा आफुमाथि गोलि प्रहारको घटनाबारे स्मरण गर्दै आफुलाई भगवानले अमेरिकालाई फेरि महान बनाउन बचाएको बताए ।
उनले आफ्नो भाषणमा भने "हामी अरु कुनै पनि राष्ट्र भन्दा फरक हुनेछौं, करुणा, साहस र विशिष्टताले भरिपूर्ण।" उनले अमेरिकी शक्तिले सबै युद्धहरू रोक्ने र विश्वमा एकताको नयाँ भावना ल्याउने बताए । उनले भने-"अमेरिका फेरि सम्मानित र प्रशंसित हुनेछ, हामी समृद्ध हुनेछौं। हामी गर्विलो हुनेछौं, हामी बलियो हुनेछौं र हामी पहिले कहिल्यै नभएको जस्तो जित्नेछौं। हामी पराजित हुनेछैनौं। हामी धम्कीमा पर्नेछैनौं। हामी टुट्नेछैनौं र हामी असफल हुनेछैनौं।"
ट्रम्पले नागरिकहरूलाई अमेरिकाको नयाँ स्वर्णिम युग सिर्जना गर्न साहसिक रूपमा सपना देख्नको लागि आह्वान गरे ।
शपथ ग्रहण समारोहमा निवर्तमान राष्ट्रपति जो बाइडेन, पूर्वराष्ट्रपतिहरू, उपराष्ट्रपति, मनोनीत गरिएका मन्त्रीहरू तथा उच्चपदस्थ अधिकारीहरू उपस्थित थिए ।
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...


















