१२ माघ ,हेटौंडा। हेटौंडा-७ मा रहेको न्युरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समूहले आफ्नो ३४ औ वार्षिक साधारणसभा मार्फत पत्रकार देखी वृद्धवृद्धालाई सम्मान गरेको छ।
शनिबार सम्पन्न ३४ औ वार्षिक साधारणसभामा समूहको गतिविधिलाई जनमानसमा पुर्याउन सहयोग पुयाएको भन्दै प्रष्ट खबर डटकमका वरिष्ठ सम्वाददाता सुनिल शिवाकोटी सहित वृद्धवृद्धा, वनरक्षक, डढेलो नियन्त्रणमा भूमिका निर्वाह गर्ने सहित निवर्तमान कार्यसमितिलाई सम्मान गरेको हो।
समूहले पत्रकार शिवाकोटी जेष्ठ नागरिक सम्मान चित्र कुमारी आचार्य र फौद्य सिंह कार्की, त्यसैगरी मरणोपरांत सम्मान स्वर्गीय भगवत प्रसाद पौडेल, अर्जुन बहादुर बोगटीलाई प्रदान गरिएको हो ।
त्यसैगरी डिभिजन वन कार्यालय सम्मानबाट सव डिभिजन वन कार्यालय मकवानपुरका वनरक्षक राजेश शाहलाई प्रदान त्यसैगरी वन समूहले डढेलो नियन्त्रणमा भूमिका निर्वाह गर्ने नवराज पौडेल,हेमलाल अर्याल, गोमा पाख्रिन, कृष्ण प्रसाद खतिवडालाई प्रशंसापत्रले सम्मान गरेको छ।
यता समूहले वन व्यवस्थापन सम्मानले चेतनाथ गौतम, अर्जुनहरी अधिकारी सहित निवर्तमान कार्यसमितिलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो।
हेटौंडा-७ का वडाअध्यक्ष दामोदर गौतमको प्रमुख आतिथ्य र वन समूहका अध्यक्ष प्रकाश कार्कीको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथिले सम्मानितहरुलाई सम्मान र पुरस्कृत गरेका थिए। समूहको साधारणसभामा अध्यक्ष प्रकाश कार्कीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष सरिता नेगीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
कार्यक्रममा फेकोफन केन्द्रीय सदस्य खडानन्द चौलागाई, जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष श्याम प्रसाद भट्टराई, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, फेकोफन मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, डिभिजन वन कार्यालय मकवानपुरका वन अधिकृत वसन्तराज गौतम, सव डिभिजन वन कार्यालय रातोमाटे हेटौंडाकी प्रमुख सविना रिजाल लगायतले मन्तव्य व्यक्त गरेका थिए।
७१. १२ हेक्टर क्षेत्रफलमा फैलिएको वन समूहमा २७७ घरधुरी आवद्ध रहेका छन्।
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...


















