२६ माघ, हेटौंडा । हेटौंडा-६ मा रहेको शान्तिटोल टोल विकास संस्थाले श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ गर्ने भएको छ ।
संस्थाले आज मूल आयोजक समिति एवं उपसमिति घोषणा तथा सचिवालय उद्घाटन कार्यक्रममा शान्तिटोलमा रहेको विपी गणेशमान स्मृति शान्ति पार्कमा राधाकृष्ण मन्दिर एवं ज्येष्ठ नागरिक भवन निर्माणका लागि फागुन ७ गतेदेखि १५ गतेसम्म सप्ताह ज्ञान महायज्ञ गर्न लागेको जानकारी दिइएको हो ।
कार्यक्रममा टोल विकास संस्थाका अध्यक्ष केशव धितालको संयोजकत्वमा १९५ मूल समारोह समिति, राम अधिकारीसहितको सचिवालय उपसमिति, पूर्णभद्र चौलागाईंसहितको आर्थिक उपसमिति, रूपेश दुलालसहितको प्रचारप्रसार उपसमिति, अर्जुनप्रसाद चौलागाईंसहितको जनसम्पर्क उपसमिति, केशव धितालसहितको अतिथि सत्कार उपसमिति, विष्णुप्रसाद सापकोटासहितको सरसफाई उपसमिति, रन्जिता भेटवालसहितको प्रसाद वितरण उपसमिति र रामप्रसाद सापकोटासहितको भान्सा व्यवस्थापन उपसमिति गठन गरेको घोषणा गरिएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता अर्जुनप्रसाद चौलागाईं, राप्रपाका वडा अध्यक्ष केदारबहादुर राई, प्रदेश दुग्ध विकास बोर्डका सदस्य बासुदेव सापकोटा, टोल विकास संस्था हेटौंडा ६ नम्बर वडा समन्वय समितिका अध्यक्ष बासुदेव खतिवडा, रेसुङ्गा युवा क्लवका अध्यक्ष श्रीराम खतिवडा, कामधेनु बहुद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष उदय विडारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
हेटौंडा-६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता एवं महायज्ञ मूल समारोह समितिका संयोजक तथा टोल विकास संस्थाका अध्यक्ष केशव धितालको सभाध्यक्षतामा भएको कार्यक्रममा राजनीतिक दल, टोल विकास संस्था, क्लव, धार्मिक संघसंस्था लगायतको उपस्थिति रहेको थियो ।
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...


















