Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा सिमेन्टले २० वर्षदेखि बन्द रहेको रोप-वे बेच्यो

Screenshot_20250217_16200-1739788667.jpg

५ फागुन, हेटौंडा । सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगले बिगत २० वर्षदेखि संचालनमा नरहेको रोप–वे  विक्रि गर्ने भएको छ ।
आर्थिक अभावको चपेटमा परेको करिब ५ महिनादेखि उत्पादन गर्न नसकेको उद्योगले बन्द अवस्थामा रहेको रोप–वे विक्रि गर्न लागेको हो ।उद्योग सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत जुटाउन उद्योग प्रशासनले लामो समयदेखि संचालनमा नआएको रोप–वे बिक्रि गर्न लागेको हो। 
बाराको लिपनीमाल स्थित श्री पि.एस एण्ड सन्स इन्टरप्राइजेजलाई भ्याटसहित ४ करोड २५ लाख ६ हजार ८० रुपैयाँमा रोप–वे बिक्रि गर्न लागेको हो । रोप–वे बिक्रि गर्ने बिषयमा गत पुस ७ गते सम्झौता भएको उद्योगका सूचना अधिकारी हरेराम आचार्यले जानकारी दिएका छन्। तीन किस्तामा रकम पाउने र  पहिलो किस्ता वापतको १ करोड ४२ लाख ६८ हजार ६९४ रुपैयाँ समेत प्राप्त गरिसकेको जनाइएको छ ।
रोप–वे खरिदकर्ता कम्पनीले सम्झौताको ९ महिना भित्र रोप–वेको सम्पूर्ण संरचना उठाइसक्नुपर्ने सहमती भएको सूचना अधिकारी आचार्यले जानकारी दिएका छन्। 
यता उद्योगका माहाप्रवन्धक बशन्त कुमार पाण्डेले लामो समयदेखि बन्द भएर प्रयोगमा नआएकाले रोप–वे विक्रि गरेको जनाएका छन् । हेटौंडा ९ मा रहेको उद्योगको भिमफेदी गाउँपालि वडा नम्बर २ भैंसेखानी सम्म करिब ११ किलोमिटर लामो  रोप–वे छ। रोप-वे सिस्टमसँग जोडिएका रोप–वेका टावर, तार र बकेट लगाएतका फालमजन्य सामान बिक्रि गरिने छ। २०६१ सालबाट रोप-वे संचालनमा रहेको छैन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार