Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

भेट्रान्स कप: फ्रिडम फाईटर, नागस्वती, बगरभाई र किङकम क्वाटर फाइनलमा

Screenshot_20250307_19423-1741355918.jpg

२३ फागुन, हेटौंडा । हेटौडामा जारी दशौं राष्ट्रिय हेटौंडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत शुक्रवार चार खेल सम्पन्न भएका छन् । 
हेटौँडा भेट्रान्स क्लबको आयोजनामा हेटौडा-४ स्थित हुप्राचौरमा जारी प्रतियोगिता अन्तर्गत शुक्रवारको पहिलो खेलमा फ्रिडम फाइटर ठमेल विजयी भएको छ । फ्रिडमले चितवन भेट्रान्सलाई २-० गोल अन्तरले पराजित गर्न सफल भएको छ । खेलको दोस्रो हाफको ४२ औं मिनेटमा फ्रिडमका तर्फबाट राजकुमार केसीले एक गोल र ४९ औं मिनेटमा कृष्ण मालाकारले एक गोल गर्दै फ्रिडमलाई विजयी बनाउन सफल भएका थिए । खेलको म्यान अफ द म्याच फ्रिडम फाइटर भेट्रान्सका खेलाडी राजकुमार केसी घोषित भएका थिए ।
दोस्रो खेलमा नागस्वती भेट्रान्स विजयी भएको छ । नागस्वतीले सिमरा भेट्रान्सलाई ३-० गोल अन्तरमा पराजित गर्न सफल भएको थियो । नागस्वतीको तर्फबाट खेलको छैठौं र १९ औँ मिनेटमा निमा लामाले दुई गोल गरेका थिए भने १० औं मिनेटमा प्रकाश राना मगरले एक गोल गर्दै टिमलाई विजयी बनाउन सफल भएका थिए । खेलको म्यान अफ द म्याच नागस्वती भेट्रान्सका खेलाडी निमा लामा घोषित भएका थिए ।
यस्तै, तेस्रो खेलमा बगर भाईखलक पोखरा विजयी भएको छ । खेलको दशौँ मिनेटमा बागरभाइको तर्फबाट राजकुमार तामाङले एक गोल गरेका थिए भने एनजेजे भिसी भेट्रान्सको तर्फबाट खेलको २९ औ मिनेटमा दिलकुमार कार्कीले एक गोल गरेका थिए । निर्धारित समयमा दुबै टिमबाट १/१ गोल भएपछि खेल ट्राईब्रेकरमा पुगेको थियो । ट्राईब्रेकरमा बगरभाईले ४-३ गोल अन्तरमा पराजित गर्न सफल भएको थियो । खेलको म्यान अफ द म्याच बगर भाईखलकका खेलाडी हिमाल थापा घोषित भएका थिए ।
यस्तै आजको चौथो खेल किङकम भेट्रान्स काठमाडौँ र बुटवल भेट्रान्स बिच हुने तालिका रहे पनि प्राविधिक कारण बुटवल भेट्रान्स अनुपस्थित भएपछि किङकम भेट्रान्स विजयी भएको छ । 
प्रतियोगितामा शनिबार चार क्वाटर फाइनलका खेलहरू हुने प्रतियोगिताका संयोजक मणिराज गौतमले बताए । शनिवार पहिलो खेल दिउँसो १ बजे बानेश्वर भेट्रान्स र एबिसि भेट्रान्स बिच हुनेछ भने दोस्रो खेल बगर भाईखलक पोखरा र किङकम भेट्रान्स बिच दिउँसो २ बजे हुने तालिका रहेको छ । यस्तै तेस्रो क्वाटर फाइनल खेल फ्रिडम फाइटर र नागस्वती भेट्रान्स बिच दिउँसो ३ बजे हुने तालिका रहेको छ । यसै गरी चौथो खेल आयोजक हेटौंडा भेट्रान्स र बौद्ध भेट्रान्सबीच हुनेछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

थप समाचार