Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

नेपालद्वारा यूएई पराजित

20260204_062805-1770165808.jpg

२१ माघ, हेटौंडा । आईसीसी टी-२० विश्वकप २०२६ को तयारीस्वरूप खेलिएको पहिलो वार्म–अप खेलमै नेपालले उत्कृष्ट प्रदर्शन गर्दै यूएईलाई पराजित गरेको छ ।
मंगलबार चेन्नईस्थित एमए चिदाबरम स्टेडियममा भएको खेलमा नेपालले यूएईलाई ७ विकेटले सहजै हराउँदै विश्वकप यात्राको सुरुवात जितसँगै गरेको हो । यूएईले दिएको १४६ रनको लक्ष्य नेपालले मात्र १७ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्‍यो ।
नेपालको जितमा आरिफ शेख र दीपेन्द्रसिंह ऐरी नायक बने। संकटपूर्ण अवस्थामा रहेको नेपाललाई उनीहरूले शतकीय साझेदारी गर्दै जितको नजिक पुर्‍याए ।
आरिफले ३७ बलमा अविजित ६१ रनको शानदार इनिङ खेले भने दीपेन्द्रले ३१ बलमा अर्धशतक पूरा गर्दै ५० रनमा नटआउट रहे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रन बनाएको थियो । यूएईका लागि शोएब खानले सर्वाधिक ३८ रन बनाए भने हर्षित कौशिकले ३१ रनको योगदान दिए । नेपालका बलरहरू पनि प्रभावशाली देखिए । करण केसी र सन्दीप लामिछानेले २-२ विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले १ विकेट हात पारे ।
अब नेपालले दोस्रो वार्म–अप खेलमा बिहीबार क्यानडासँग प्रतिस्पर्धा गर्नेछ । विश्वकपको पहिलो औपचारिक खेल भने नेपालले फेब्रुअरी ८ मा इंग्ल्यान्डविरुद्ध खेल्नेछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध
bishwo-puspa-1791334854.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1791334430.jpg

२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

थप समाचार