२४ माघ,हेटौंडा । नेपाल शिक्षक संघ मकवानपुरको २४ औं जिल्ला प्रतिनिधि सभा शनिवार हेटौंडामा सम्पन्न भएको छ ।
शिक्षक संघ मकवानपुरका अध्यक्ष गणेश प्रसाद हुमागाईको सभाध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्रिय उपाध्यक्ष सुन्तर पन्तको प्रमुख आतित्थ्यता रहेको थियो ।
उक्त अवसरमा संघका सचिब श्रीराम लुइँटेलले संघको प्रगति प्रतिवेदन र सचिब अर्थ धन बहादुर लामाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता अर्जन प्रसाद चौलागाई,महसमिति सदस्य दिनेश उपाध्याय,नेपाल शिक्षक मकवानपुरका सल्लाहाकार राम कुमार अधिकारी, संघ बागमती प्रदेश सदस्य ज्ञानेन्द्र बर्तौल, स्वेता कोइराला,रामकुमार अधिकारी लगायतको उपस्थिति रहेको थियो।कार्यक्रममा मकवानपुरका दश वटै स्थानीय तह अन्तर्गत शिक्षक संघका पदाधिकारीहरुको उल्लेखनीय उपस्थिती रहेको थियो । कार्यक्रममा उत्कृष्ट पालिका अन्तर्गत भिमफेदी गाउँ कार्यसमिति सङ्गै प्रावि, निमावि र मावि प्रधानाध्यापक तर्फ क्रमश थाहा नगरपालिका तर्फ कुमारी आसचन्द, बकैया गापा अन्तर्गत श्री सिमोन आले मगर र मनहरी गापा तर्फ अर्जुन पण्डितलाई सम्मानित गरिएको थियो । त्यसैगरी प्रावि, निमावि र मावि विद्यालय तर्फ क्रमश कैलाश गापा स्थित सुन्दरी देवी प्रावि, राक्सिराङ्ग गापा स्थित श्री वागेश्वरी आवि र हेटौँडा उपमहानगरपालिका स्थित श्री निर्मल माविलाई सम्मानित गरिएको थियो ।
कार्यक्रममा नेपाल शिक्षक सङ्घ मकवानपुर कार्यालय सञ्चालानार्थ नगद सहयोग प्रदान गर्नुहुने शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष श्री सुवासचन्द्र कडेल र शिक्षक महासंघ मकवानपुर निवर्तमान संस्थागत सहसचिव जनक घिताललाई कदर पत्र प्रदान गरिएको छ।
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...
२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...


















