Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरमा प्रहरीमाथि बन्चरो प्रहार हुँदा हवाइफायर, २ जना पक्राउ

IMG_1723-1773274798.png

२८ फागुन,हेटौंडा । मकवानपुरको मनहरीमा प्रहरी माथि बन्चरो प्रहार भएको छ । 
बुधबार राति मनहरी गाउँपालिका–१ चकरी मकरी क्षेत्रमा लागुऔषध कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा प्रहरीचौकी पदमपोखरीबाट प्रहरी सहायक निरीक्षक दिल बहादुर तामाङ नेतृत्वको प्रहरी टोली घटनास्थल पुग्दा शनिश तितुङ सहितका अन्य व्यक्तिले अचानक बियरको बोतल र बन्चरो प्रयोग गरी प्रहरीमाथि आक्रमण  गरेका थिए। आक्रमणपछि प्रतिकारस्वरूप असई दिलबहादुर तामाङले आफुले बोकेको पेस्तोलबाट एक राउण्ड गोली चलाएको र उक्त गोली लागी तितुङ घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । 
घटना लगत्तै जिप्रकाबाट डिएसपी पुष्कर बोगटीको टोली घटनास्थल पुगेर  हेटौंडा १२ रमनटारका अन्दाजी २४ वर्षीय सन्जय जिम्बा ,सोही स्थान बस्ने अन्दाजी ३५ वर्षीय अजय थिङलाई नियन्त्रणमा लिएको डिएसपी बोगटीले बताएका छन्। 
घटनाका क्रममा तितुङले प्रहार गरेको बन्चरो लागेर असई तामाङको हातमा गम्भीर चोट लागेको जनाइएको छ । 
दुवै घाइतेलाई हेटौँडा ११ स्थित चुरेहिल अस्पताल ल्याइएको र गोली लागेका तितुङलाई थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको जनाइएको छ । घाइते प्रहरी असई तामाङको चुरेहिल अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । 
घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको मकवानपुरका सिडिओ वसन्त अधिकारीले जनाएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

मुग्लिन-काठमाडौं सडक सञ्चालनमा
muglin-road-1-1786844277.jpg

३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1786843852.jpg

३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

आइतबार यी स्थानबाट ग्याँस बिक्री गरिने
gas_cylinder_XZphMbozDj-1786805015.jpg

३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

थप समाचार