११ चैत, हेटौँडा । साहित्यकार एवं लेखक ह्यग्रिब आचार्यद्वारा लिखित पुस्तक ‘कलानाथ अधिकारी व्यक्ति र कृति’ आइतबार हेटौडामा लोकार्पण गरिएको छ ।
बरिष्ठ साहित्यकार तुल्सी थापा, कलानाथ अधिकारी स्मृति प्रतिष्ठान नेपालकी संरक्षक विश्वकान्ति कलावती सुमार्गी, अध्यक्ष अरुणराज सुमार्गी, लेखक आचार्य लगायतले संयुक्त रुपमा लोकार्पण गरेका हुन् । कबि, गायक एवं राजनितिकर्मी कलानाथ अधिकारीको २० औं स्मति दिवसको अवसरमा भएको कार्यक्रममा दुईजनालाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा बर्ष २०७३ को कलानाथ अधिकारी स्रष्टा सम्मान डा. नारायणप्रसाद खनाल र २०७४ को कलानाथ अधिकारी स्रष्टा सम्मान बाबुराम पाण्डेलाई प्रदान गरिएको थियो ।
नगद ११ हजार १ सय ११ सहित सम्मानपत्रले खनाल र पाण्डेलाई प्रमुख अतिथि थापा र स्व कलानाथ अधिकारीका छोरी एवं प्रतिष्ठानकी संरक्षक बिश्वकान्ती कलावतीले संयुक्त रुपमा सम्मान गरेका थिए । कार्यक्रममा साहित्यकार रमेशमोहन अधिकारीले पुस्तकको समिक्षाका साथै कलानाथ अधिकारीको साहित्यिक योगदानबारे चर्चा गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष अरुणराज सुमार्गीको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका सदस्य जज अधिकारी, सम्मानित पाण्डे र खनाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
४ जेठ, हेटौंडा। बागमती प्रदेशमा ५ वटा संसदीय समितिको सभापतिको लागि आज मनोनयन दर्ताको कार्य तालिका सार्वजनिक भएको...
४ जेठ, कञ्चनपुर । गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका उनी ५...
४ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश सहित देशका पहाडी...
३ जेठ, हेटौंडा । मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ...
३ जेठ, काठमाडौं। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरु बिच धकेलाधकेल भएको छ।साँझ ४...
३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...
३ जेठ, काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रियसभा बैठक स्थगित...
३ जेठ, काठमाडौं । गत २९ बैशाखदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ...
३ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने माथि सरकारी ठगी प्रकरणमा...
२ जेठ, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बागमती गाउँपालिकामा बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको...
२८ बैशाख, हेटौंडा । अश्लिल भिडियो सामाजिक सञ्जालमा हालेर श्रीमतीको चरित्रहत्या गरेको आरोपमा मकवानपुरका एक युवक...
२२ बैशाख, हेटौंडा। मकवानपुरको थाहानगरमा लोडर पल्टिदा च्यापिएर हेल्परको ज्यान गएको छ। शनिबार दिउँसो थाहा ९...
२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नियमित कामकाज आइतबार (आज) एक दिन बन्द रहने भएको...
२९ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडामा भतिजाले आफ्नै काकीलाई कैची प्रहार गर्दा काकी गम्भीर घाइते भएकी...
१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...
२६ बैशाख, ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्याक्टर दुर्घटना हुँदा एक...
२८ बैशाख, हेटौंडा । मकवानपुर प्रहरीले नक्कली नोटसहित ५ जनालाई पक्राउ गरेको छ । मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी...
२९ बैशाख, हेटौंडा । हेटौँडा अस्पतालको स्वामित्व मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गर्न...