Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

काँग्रेस मकवानपुरमा ७ जिल्ला सदस्य मनोनित

आइतबार पदाधिकारी चयन हुने

congress-1474112170.jpg


१ असोज, हेटौँडा । नेपाली काँग्रेस मकवानपुरमा शनिबार ७ जना जिल्ला सदस्य मनोनित भएका छन् । नेपाली काँग्रेसको विधान अनुसार जिल्ला सभापति इन्द्रबहादुर बानियाँले ७ जना जिल्ला सदस्य मनोनित गरेका हुन् । 
मनोनित जिल्ला सदस्यमा मकवानपुर क्षेत्र नम्बर १ बाट शेरबहादुर लामा र गोपि अधिकारी, क्षेत्र नम्बर २ बाट सूर्यबहादुर रुम्बा र कृष्णभक्त श्रेष्ठ, क्षेत्र नम्बर ३ बाट इन्दिरा न्यौपाने र क्षेत्र नम्बर ४ बाट राजकुमार मल्ल र बलराम प्रजा (चेपाङ) रहेका छन् । क्षेत्र नम्बर ३ बाट सुनिल दाहाल यसअघि नै जिल्ला सदस्य मनोनित भईसकेका छन् । 
त्यसैगरी, जिल्ला कार्यसमितिको सल्लाहकारमा दामोदर सुवेदी, अशोक शाक्य, उमा दाहाल, जयराम लामिछाने, र प्रभातकुमार दाहाललाई मनोनित गरिएको सभापति बानियाँले जानकारी दिए । विधान अनुसार जिल्ला सभापतिले प्रत्येक निर्वाचन क्षेत्रबाट २ जनाका दरले ८ जना जिल्ला सदस्य मनोनित गर्न सक्ने काँग्रेसको विधानमा प्रावधान छ । 
त्यसैगरी, जिल्ला सभापति चयन गर्न सक्ने १० जना आमन्त्रित जिल्ला सदस्य भने चयन गर्न बाँकी रहेको छ । यसलाई समेत छिट्टै पूर्णता दिईने सभापति बानियाँले बताए । छनौट हुन बाँकी रहेको ३ पदाधिकारी आइतबार चयन गरिने भएको छ । जिल्ला कार्यसमिति बैठकले उपसभापति, सचिव र सहसचिवको जिम्मेवारी तोक्ने जनाईएको छ ।
२०७२ माघ २५ गते जिल्ला अधिवेशनबाट जिल्ला कार्यसमितिमा प्रत्येक निर्वाचन क्षेत्रबाट ६/६ जना गरी २४ जना जिल्ला सदस्य, सभापति, सचिव र कोषाध्यक्ष गरी २७ जना अधिवेशनबाट निर्वाचत भएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार