२५ बैशाख, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा वैदेशिक ऋण परिचालनमा भ्रष्टाचार भएको दाबी गर्दै मुद्दा दायर गरेको छ।
अख्तियारले पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र बहालवाला तथा पूर्व उच्चपदस्थ कर्मचारीसहित १० जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
आयोगले कार्कीसहित पूर्वअर्थ सचिव शंकर प्रसाद अधिकारी, पूर्व पर्यटन सचिवद्वय महेश्वर न्यौपाने र सुरेश आचार्यलाई प्रतिवादी बनाएको छ। तत्कालीन सहसचिवहरू केवल प्रसाद भण्डारी, डण्डुराज घिमिरे, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक संजीव गौतम, राष्ट्रिय गौरव आयोजनाका निर्देशक प्रदीप अधिकारी, इन्जिनियर योगेश अर्याल र कर्मचारीहरू युगराज पाण्डे तथा उर्मिला भण्डारीलाई पनि प्रतिवादी बनाइएको छ ।
आयोगले ठेकेदार कम्पनीका अध्यक्ष वाङ बो र परियोजना प्रबन्धक याङ झिगाङलाई समेत भ्रष्टाचारको मतियार ठहर गर्दै प्रतिवादी बनाएको छ। आयोगले पोखरा विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको भन्दै यसअघि पूर्वमन्त्रीसहित दजनौँलाई प्रतिवादी बनाउँदै दुईवटा मुद्दा दायर गरेको छ।
विमानस्थल निर्माणको जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनी चाइना सिएएमसी इन्जिनियरिङलाई कर छुट दिने गरी गैरकानुनी सम्झौता गरेर राज्यकोषलाई ३ अर्ब ६२ करोड ५ लाख २२ हजार नोक्सानी र्पुयाएको अख्तियारको दाबी छ ।
आयोगका प्रवक्ता सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार प्राधिकरण र ठेकेदार कम्पनीबीच भएको मूल खरिद सम्झौतामा निर्माण उपकरण र सामग्रीको कर तथा महसुल ठेकेदारले नै तिर्नुपर्ने स्पष्ट प्रावधान भए पनि तत्कालीन मन्त्री र सचिवहरूको बद्नियत राखेर सरकारी कोषबाट तिरिएको बताए।
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...


















