४ साउन, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले विभिन्न समसामयिक राष्ट्रिय विषयमा सरकारको ध्यानाकर्षण गराउँदै मकवानपुरका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । कांग्रेस मकवानपुर जिल्ला सभापति बुद्ध लामाको नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीमार्फत प्रधानमन्त्री बालेन्द्र शाहलाई ज्ञापनपत्र बुझाएको हो ।
बुझाइएको ज्ञापनपत्रमा प्रधानमन्त्रीले संसदमा दिएको ‘नेपालले पनि भारतीय भूमि मिचेको छ’ भन्ने अभिव्यक्तिबारे स्पष्ट पार्न वा उक्त अभिव्यक्ति फिर्ता लिएर नेपाली जनतासँग माफी माग्न माग गरिएको छ। ज्ञापनपत्रमा राष्ट्रिय स्वाभिमानसँग जोडिएको विषयमा सरकार स्पष्ट हुनुपर्ने कांग्रेसको धारणा उल्लेख गरिएको छ।
त्यसैगरी, सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको कर तत्काल फिर्ता लिन, सामुदायिक विद्यालय र सरकारी अस्पतालको स्तरोन्नति गरी गुणस्तरीय शिक्षा तथा सर्वसुलभ स्वास्थ्य सेवाको सुनिश्चितता गर्न पनि माग गरिएको छ। ज्ञापनपत्रमा विद्युत् सेवामा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल हटाउन, विद्युत् उपभोगलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गर्न तथा पेट्रोलियम पदार्थको प्रयोग घटाउने वातावरण निर्माण गर्नुपर्ने उल्लेख गरिएको छ ।
त्यस्तै, भूमि ऐन २०२१ र वन ऐन २०७६ का अव्यावहारिक कानुनी व्यवस्थाका कारण सुकुम्बासी समस्या समाधान हुन नसकेको भन्दै उचित बसोबासको व्यवस्था नगरी प्रहरी प्रशासन परिचालन गरेर घरटहरा हटाउने कार्य तत्काल रोक्न सरकारसँग माग गरिएको छ । नेपाली कांग्रेस मकवानपुरले सरकार जनभावनाप्रति संवेदनशील भई ज्ञापनपत्रमा उठाइएका विषयमा शीघ्र सम्बोधन गर्न आग्रह गर्दै बेवास्ता गरिए लोकतान्त्रिक, रचनात्मक र शान्तिपूर्ण विरोधका कार्यक्रम अघि बढाउने चेतावनीसमेत दिएको छ।
कार्यक्रममा पार्टीका पूर्व सभापति रघुरमण न्यौपाने, सचिव इश्वर पाठक, सहसचिव इन्दिरा न्यौपाने, नगरसभापति उत्सव इटेनी, केन्द्रीय प्रतिनिधि बद्री अर्याल, प्रवक्ता अर्जुनप्रसाद चौलागाईं, जिल्ला तहका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...


















