फाइल तस्विर
७ साउन, हेटौंडा । वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षा सुधार अभियन्ता प्रा. डा. गोविन्द केसी अनशन बस्ने भएका छन् । अनशनका लागि उनी कैलालीको धनगढी पुगेका हुन् ।
उनी धनगढी उपमहानगरपालिका–१ मा रहेको श्रीकृष्ण मन्दिर धर्मशालामा आजदेखि अनशन बस्दैछन् । उनले पाँचबुँदे माग राखेका छन् ।
डा. केसीले सरकारले आफूले उठाएका मागप्रति संवेदनशीलता नदेखाएको तथा साउन ५ गतेसम्म दिएको समयसीमासमेत बेवास्ता गरेपछि पुनः सत्याग्रहमा बस्न बाध्य भएको बताएका छन् । उनले आन्दोलनबाट उत्पन्न हुने कुनै पनि परिस्थितिको जिम्मेवारी वर्तमान सरकारले लिनुपर्ने चेतावनी दिएका छन् ।
उनले जारी गरेको विज्ञप्तिमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवा पूर्ण रूपमा गैरनाफामूलक सार्वजनिक सेवा हुनुपर्ने उल्लेख गर्दै ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’ को प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग माग गरिएको छ । साथै मापदण्डविपरीत निजी मेडिकल कलेजमा सशुल्क सिट वृद्धि, छात्रवृत्ति कटौती तथा स्वार्थ बाझिने व्यक्तिलाई चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयको नेतृत्वमा नियुक्त गर्ने प्रयासको विरोध गरिएको छ ।
डा. केसीले गेटास्थित शहीद दशरथ चन्द मेडिकल विश्वविद्यालयमा गरिएको नियुक्तिप्रति पनि आपत्ति जनाएका छन् । विश्वविद्यालयलाई राजनीतिक र व्यापारिक स्वार्थको केन्द्र बनाउन खोजिएको आरोप लगाउँदै विवादित नियुक्ति तत्काल बदर गर्नुपर्ने लगायत उनको माग छ ।
१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...


















