७ साउन, हेटौंडा । बागमती प्रदेश सरकारले नागरिकका गुनासा, उजुरी तथा सुझावलाई तत्काल सुनुवाइ र कार्यान्वयन गर्ने उद्देश्यका साथ ‘हेलो सिएम’ (Hello CM) सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्थापित ‘हेलो सिएम डेस्क’ को शुभारम्भ गर्दै प्रदेश सरकारलाई नागरिकप्रति थप उत्तरदायी, पारदर्शी र सेवामुखी बनाउने अभियानको सुरुआत भएको बताएका छन्।
मुख्यमन्त्री बानियाँले प्रदेशवासीले दैनिक जीवनमा भोग्ने समस्या, गुनासा र उजुरी अब सिधै मुख्यमन्त्री कार्यालयसम्म पुग्ने र तिनको प्रभावकारी सुनुवाइ तथा कार्यान्वयन सुनिश्चित गरिने बताए। उनले जनताको आवाज सरकारसम्म सहज रूपमा पुर्याई सेवा प्रवाहलाई परिणाममुखी बनाउने उद्देश्यले ‘हेलो सिएम’ सञ्चालनमा ल्याइएको स्पष्ट पारे।
“सरकार जनताबाट टाढा होइन, जनताकै बीचमा हुनुपर्छ। नागरिकले उठाएका हरेक जायज गुनासा र समस्याको जिम्मेवारीपूर्वक सुनुवाइ गर्दै समाधानका लागि सम्बन्धित निकायलाई जवाफदेही बनाइनेछ,” मुख्यमन्त्री बानियाँले भने।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार ‘हेलो सिएम’ मा प्राप्त हुने गुनासाहरूको प्रकृति अनुसार सम्बन्धित मन्त्रालय, विभाग वा निकायमा तत्काल पठाइनेछ। प्राप्त उजुरीहरूको समाधान प्रक्रिया नियमित रूपमा अनुगमन गरिनेछ भने कार्यान्वयनमा आवश्यक समन्वय र सहजीकरणसमेत गरिने व्यवस्था गरिएको छ।
मुख्यमन्त्री कार्यालयसँग प्रत्यक्ष सम्बन्धित विषयहरू भने सोही कार्यालयबाट सिधै सम्बोधन गरिने जनाइएको छ । शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री बानियाँले जनताका समस्यालाई उच्च प्राथमिकतामा राखेर शीघ्र समाधान गर्न सम्बन्धित निकायका कर्मचारी तथा पदाधिकारीलाई निर्देशन दिएका थिए।
प्रदेश सरकारले ‘हेलो सिएम’ लाई जनगुनासो व्यवस्थापनको प्रभावकारी माध्यमका रूपमा विकास गर्दै सुशासन, पारदर्शिता र जवाफदेहितालाई संस्थागत गर्ने विश्वास व्यक्त गरेको छ।
उद्घाटन कार्यक्रममा बागमती प्रदेशका मन्त्रीहरु, प्रमुख सचिव, सचिवहरु, कर्मचारी, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...


















