२२ चैत्र, हेटौँडा । हेटौँडालाई प्रदेश नंबर ३ को स्थायी राजधानी बनाउन सबै क्षेत्र लाग्नुपर्ने राप्रपा अध्यक्ष कमल थापाले बताएका छन् । राप्रपा हेटौँडा नगर कमिटिले आज हेटौँडामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै पुर्व उपप्रधानमन्त्री थापाले प्रदेश नंबर ३ राजधानीको लागि हेटौँडा सबैभन्दा उपयुक्त स्थान भएको बताए ।
उनले कार्यक्रममा बोल्दै विभिन्न प्रदेशका उदारहण दिदैं प्रदेश नंबर ३ को राजधानी हेटौँडा आउन प्रदेशका सबै जिल्लाले हालकै अवस्थामा ५, ६ घण्टा यात्रा गरे पुग्ने देखिएको बताए ।
उनले निर्माणधिन द्रुरुत मार्ग, कान्तिराजपथ, धरान चतरा सडक निर्माण भएपछि प्रदेश नंबर ३ को जुनसुकै जिल्लाबाट पनि निकै छोटो समयमा यहा आउन सकिने बताए ।
फरक प्रसंगमा अध्यक्ष थापाले अहिलेको सरकारले हिन्दुहरुकोे आस्थामाथी ठाडो प्रहार गरेको भन्दै विदा कटौती गरेकोमा आपत्ती समेत प्रकट गरे । उनले क्रिश्चियनहरुको क्राइष्टको जन्मोत्सवमा विदा दिने सरकारले सनातन धर्मका आस्था भगवान श्रीकृष्ण र रामको जन्मोत्सवमा विदा कटौती गर्ने काम गरेको भन्दै आलोचना गरे ।
यस्त भुकम्प पिडितको लागि यस अघिका सरकारले थप छुट्याएको १ लाख रुपैया अहिलेको सरकारले कटौती गरेकोमा सरकारप्रति आपत्ति जनाउँदै थापाले सरकार गैह् जिम्मेवार बनेको आरोप लगाए ।
राप्रपा नगर समिति अध्यक्ष गुरुप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपका केन्द्रीय उपमहासचिव राजाराम बर्तौला, केन्द्रीय सदस्य मधु अधिकारी लगाएतको आतिथ्यता रहेको थियो ।
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...


















