२२ चैत, हेटौंडा । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल मकवानपुर क्षेत्र नम्बर–३ ले प्रदेशको राजधानी नसार्न चेतावनी दिएको छ ।
तरुण दल क्षेत्रीय समिति सभापति सञ्जय श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले बाम गठबन्धनले ३ नम्बर प्रदेशको राजधानी हेटौंडा भइसकेको अवस्थामा सार्ने कुचेष्टा गरेको भन्दै आन्दोलनको चेतावनी दिएको हो ।
‘अब हेटौंडालाई अस्थायी राजधानी बनाएर अगाडि बढ्नुको विकल्प छैन’,सभापति श्रेष्ठले भने । ‘हेटौंडा प्रदेशको राजधानी कायम भएसँगै मन्त्रालय तथा विभागका लागि आवश्यक भौतिक पूर्वाधारहरु धमाधम तयार भइरहेको छ । यस्तो अवस्थामा राजधानी सार्नु भनेको राज्यको खर्च बढाउनु हो । अब हेटौंडालाई राजधानी कायम राखेर तीब्र विकास गर्न जरुरी रहेको छ’, उनले भने । उनले पूर्वाधार र यातायातको सहज पहुँचको कारण हेटौंडा स्थायी राजधानी हुनुपर्ने आफूहरुको ठम्याइ रहेको बताए ।
‘बाम गठबन्धनका सांसद्हरुको चलखेल । मुख्यमन्त्रीसँग राजधानी सारिएको विषय उठिरहेको समयमा प्रदेशको राजधानी सार्ने भनिएको चामलसँग पिठो साटे सरह हो’, सभापति श्रेष्ठले राजधानी सर्ने अवस्था आएको खण्डमा आफूहरु आन्दोलनको लागि तयारी अवस्थामा रहेको बताए । ‘हामीले सम्पूर्ण तरुणहरुलाई आन्दोलनका लागि तयारी अवस्थामा रहन भनिसकेको छौं । अब हामी पार्टीसँग समन्वय गरेर आन्दोलनका चरणबद्ध कार्यक्रमहरु सार्वजनिक गर्नेछौं’, उनले भने ।
उनले आफूहरुको आन्दोलनको कार्यक्रम अन्य संघसंस्थासँग पनि समन्वय गरेर निर्धारण गर्ने बताए । ‘हामी चेतावनीसहितको ज्ञापनपत्र बुझाउने छौं । अनि आन्दोलनको कार्यक्रम घोषणा गर्नेछौं’, उनले भने ।
बैठकमा नेपाल तरुण जिल्ला कार्यसमिति जिल्ला उपाध्यक्ष रामकुमार रायमाझी, निराजन बर्तौला, सचिव सचित थापा, कोषाध्यक्ष सूर्य रोक्का, सहसचिव निरशंकर लामा, निवर्तमान तरुण जिल्ला अध्यक्ष सुनिलकुमार दाहाल, तरुण नेता राजेश भेटवाल तथा क्षेत्रीय सचिव सूर्य थोकरलगायत सदस्यहरुको उपस्थिति रहेको थियो ।
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...
२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...








-1791939176.jpg)









