Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

पराजयले काँग्रेसीजन हतोत्साही हुन नपर्ने : डा. महत

received_1021206476791462-1523020577.jpg

२३ चैत,हेटौंडा।पूर्व अर्थमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले निर्वाचनमा देशैभर पराजय व्यहोरेपनि काँग्रेसी नेता कार्यकर्ता हतोत्साही हुन नपर्ने बताएका  छन ।

नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिका १२ र १३ को संयुक्त आयोजनामा नववर्ष २०७५ को शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेलालाई शुक्रबार संवोधन गर्दै प्रमुख अतिथि डा. महतले देशैभर निर्वाचनमा प्राविधिक कारणवस काँग्रेसको हार भएपनि सफलतापूर्वक निर्वाचन सम्पन्न गराएर लोकतन्त्रको रक्षा गरेको बताए ।

नेता डा. महतले नेपालको ईतिहासमा सामाजिक र आर्थिक क्रान्तिको सुरुवात काँग्रेसले गरेको र अहिले त्यही नीति कम्युनिष्टहरुले अवलम्बन गरेको बताउनुभयो । बाम गठबन्धनका अर्थमन्त्रीले गलत श्वेतपत्र जारी गरेको भन्दै अहिलेपनि २ सय ८१ अरब भन्दाबढी रकम बैंकमा रहेको बताए ।

त्यस्तै केन्द्रीय सदस्य श्याम घिमिरेले बाम गठबन्धनलाई अझैपनि अन्र्तराष्ट्रिय शक्तिहरुले पत्याउन नसकेको बताउनुभयो । पार्टी र सत्ता संचालनमा काँग्रेसले कमीकमजोरी गरेकै कारण हार व्यहोरेको भन्दै घिमिरेले अव काँग्रेस सुध्रिएर नयाँ शिराबाट पार्टी अगाडी बढ्ने बताए।

काँग्रेस पुराना नेता अर्जुन थिङ्को सभाध्यक्षतामा भएको शुभकामना आदानप्रदान तथा भेलामा  काङ्ग्रेस मकवानपुरका  सल्लाहकारद्वय उमा दाहाल र रिता खनाल, जिल्ला सदस्य एवं संगठन विभाग सचिव भीमसेन महत, क्षेत्रीय सभापति तारानाथ चौलागाई, नगर सभापति आनन्दराम पराजुली, लक्ष्मी थिङ लगायतले मन्तव्य गरेका थिए   ।

  कार्यक्रममा  काँग्रेस मकवानपुरका प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सचिव बुद्ध लामा, प्रवक्ता प्रदिप कोईराला, जिल्ला सदस्य राजिव सुवेदी, ईन्दिरा न्यौपाने, वडा सभापति कृष्णबहादुर थिङ, नेविसंघ अध्यक्ष राजु खतिवडा, ट्रेड युनियन अध्यक्ष कुमार पौडेल, तामाङ संघ जिल्ला अध्यक्ष चम्फुरत्न लामा, तरुण दल सचिव सचित थापा, प्रेस युनियन सहसचिव सुजन विडारी, तरुण क्षेत्रीय अध्यक्ष संजय श्रेष्ठ, गणेशहरि उप्रेती, युद्ध थापालगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा  काँग्रेसका पुराना ४ नेतालाई सम्मान समेत गरिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिद्वारा फिर्ता
Screenshot_20260501_06405-1777856755.jpg

२० बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता...

रास्वपाको रसुवा जिल्ला समिति विघटन
RSP-raswapa-1766815646-1777856225.jpg

२० बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को रसुवा जिल्ला समिति विघटन गरिने भएको छ । आइतबार पार्टी...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1777855511.jpg

२० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको...

सञ्चार कार्य गर्न सुरक्षित वातावरण हुनुपर्छ: राष्ट्रपति
Screenshot_20260503_11363-1777787548.jpg

२० बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएकाले लोकतन्त्रका...

सुनको मूल्य घट्यो
gold-silver-600X300-(1)-1777786884.png

२० बैशाख, हेटौंडा । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला एक हजार रुपैयाँले घटेको हो । आज...

रास्वपाको सचिवालय बैठक आज बस्ने
RSP-raswapa-1766815646-1777774878.jpg

२० बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ ।  बैठक बिहान ११ बजे...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1600144066_barsha-1777774374.jpg

२० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...

राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी
Screenshot_20260501_06405-1777596973.jpg

१८ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश जारी गरेका छन् ।  राष्ट्रपति कार्यालयका...

मौसम आंशिक बदली रहने
Screenshot_20250526_06180-1777596658.jpg

१८ बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg