१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा तथा वार्षिकोत्सव शुक्रवार सम्पन्न भएको छ ।
हेटाैंडा उपमहानगरपालिका मेयर मिनाकुमारी लामाकाे प्रमुख आतिथ्यता एवं सहकारीका अध्यक्ष रामहरी चाैलागाईकाे सभाध्यक्षतामा साधारणसभा भएको हाे ।
साधारणसभालाई सम्वाेधन गर्दै मेयर लामाले दुग्ध उत्पादक किसानले दूधकाे उत्पादनमा गरेकाे काम प्रशंसनीय रहेको बताइन् ।
अहिले नगरकाे धेरै वडामा दुग्ध उत्पादन र विभिन्न कृषि सम्वन्धी काममा उपमहानगरपालिकाले सहयाेग गरेकाे बताउँदै भाेलीका दिनहरुमा समेत सहयाेगले निरन्तरता पाउने बताइन् । उपमहानगरपालिकाले प्रविधिमैत्री, किसानमैत्री र कृषिमैत्री कार्यक्रमलाई जाेड दिएकाे उनको भनाई छ ।
साधारणसभामा संस्था अध्यक्ष चाैलागाईले संस्थागत प्रतिवेदन, संस्था उपाध्यक्ष एवं कृषक हितकाेषका संयाेजक केशव धितालले हितकाेषकाे प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयाेजक जयराम घिमिरेले लेखा समितिकाे प्रतिवेदन र पशु स्वास्थ्य समितिका संयाेजक सूर्यप्रसाद दुलालले पशु स्वास्थ्यसम्वन्धी प्रतिवेदन पेश गरेका थिए ।
साधारणसभाकाे अवसरमा विभिन्न विधाका उत्कृष्ट किसान बचतकर्ता, ऋणी, सञ्चारकर्मी, कर्मचारीहरुलाई पुरस्कृत गरिएको थियाे । उत्कृष्ट ऋणीतर्फ खिलकुमारी सुवेदी, देवकी तिवारी, उत्कृष्ट बचतकर्ता ध्रुवराज शर्मा, राेशना नेपाल र रामहरी राईलाई पुरस्कृत गरिएको थियाे । यसैगरी, बढी दूध विक्री र पशुआहार खरिद गर्ने बासुदेव अधिकारी र अशिष मल्ल, बढी पशु आहार खरिद गर्ने रामनाथ बास्ताेला, बढी दूध विक्री गर्ने रामकृष्ण दुलाल, गुणस्तरीय दूध विक्री गर्ने सूर्यप्रसाद दुलाल र श्यामप्रसाद न्याैपानेलाई समेत पुरस्कृत गरिएको थियाे ।
साधारणसभामा भाडा सफा गर्ने शारदा तिमल्सिना, गाेठ सफा राख्ने गिता भट्टराईलाई पुरस्कृत गरिएको थियाे ।
संस्थाले गरेका विभिन्न कार्यहरुकाे प्रचार प्रसार गराई संस्थाकाे लाेकप्रियता बढाउन महत्त्वपूर्ण याेगदान गरेकाले सञ्चारकर्मी कपिल खडकालाई समेत साधारणसभामा सम्मान गरिएको थियाे । साधारणसभामा संस्थाका ब्यवस्थापक लक्ष्मण सापकाेटा, सहायक रामकृष्ण दुलाल र बलराम सञ्जेललाई नगद पुरस्कारसहित पुरस्कृत गरिएको थियाे ।
साधारणसभामा हेटाैंडा उपमहानगरपालिका ६ नं वडा अध्यक्ष विष्णुबहादुर दाहाल, जिल्ला सहकारी संघ मकवानपुर अध्यक्ष नारायणप्रसाद देवकोटा, पुर्व अध्यक्ष बासुदेव अधिकारी, बासुदेव सापकाेटा, साधुराम चाैलागाई, श्यामप्रसाद न्याैपाने, केशवप्रसाद सञ्जेल, जनकल्याण सहकारीका अध्यक्ष हिमाल पाैडेल, नाैलाे विहानी कृषि सहकारीका अध्यक्ष विष्णुप्रसाद ढुङ्गाना, नारायणी दुग्ध सहकारी अध्यक्ष शिवप्रसाद सञ्जेल, चाैघडा सहकारीका उपाध्यक्ष त्रिविक्रम मानन्धर, रानी सामुदायिक वनकी काेषाध्यक्ष गाेमा लामिछाने, मकवानपुर जिल्ला दुग्धकर्मी बचत तथा ऋण सहकारी संघका सल्लाहकार कुमारमणी दहाल, पत्रकार, शेयर सदस्य लगायतकाे आतिथ्यता रहेकाे थियाे ।
संस्थाका व्यवस्थापक लक्ष्मण सापकाेटाका अनुसार संस्थामा ३ सय ३० जना शेयर सदस्य आवद्व रहेका छन् भने शेयर पूजी १२ लाख ८४ हजार नाै सय रहेकाे छ । संस्थाले दुग्ध खरिद, बिक्रि, पशु आहार खरिद विक्री, पशु विमा लगायतका काम गर्दै आएकाे छ ।
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...


















