२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ । शुक्रबार सम्पन्न पहिलो खेलमा सुदूरपश्चिमले काठमाडौंलाई ७ रनले पराजित गर्यो ।
सुदूरपश्चिमले दिएको १ सय २६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको काठमाडौं सबै ओभर खेलेर ७ विकेट गुमाउँदै १ सय १८ रनमा समेटियो ।
काठमाडौंका लागि रशिद खानले सर्वाधिक ३५ रन बनाए । ३१ बलको सामना गरेका उनले ५ चौका प्रहार गरे । यसैगरी, दुशन हेमन्थाले १८ बलमा २१ रन बनाए । त्यस्तै, साम हेजलेट र सन्तोष यादवले क्रमशः ११ र १० रन बनाए ।
बलिङतर्फ सुदूरपश्चिमका अनिल खरेलले २ तथा स्कट कुगलाइन, हेमन्त धामी र फाबियान एलेनले समान एक विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २५ रन बनाएको थियो ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए । चार विकेट गएर मात्र आठ रन जोडेको अवस्थामा ब्याटिङ गर्न पुगेका दिपेन्द्रले सम्हालिएर प्रदर्शन गरेका हुन् ।
दीपेन्द्रले ५५ बलको सामना गर्दा पाँच चौका र दुई छक्काको मद्दतमा ६० रन बनाए । थरिन्दु रत्नायकेले नटआउट २६ रन बनाए भने आरिफ शेखले १६ रन जोडे । सुदूरपश्चिमका ओपनर स्कट कुगेलेइन ६, विनोद भण्डारी १ रनमा आउट हुँदा ब्रान्डम माकमुलेन र इशान पाण्डे शून्यमै आउट भए ।
काठमाडौँका लागि जहानद खानले तीन विकेट हात पार्दा सन्तोष यादवले दुई विकेट लिए । अन्य कुनै पनि बलरले विकेट हात पार्न सकेनन् ।
जितसँगै सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । ७ मध्ये ५ खेल जितेको सुदूरपश्चिमको १० अंक छ । ६ खेलबाट एक अंक कम रहेको लुम्बिनी दोस्रो स्थानमा छ ।
६ खेल खेलिसकेको काठमाडौं ८ अंकका साथ तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेको विराटनगर किंग्सको ६ खेलबाट ६ अंक छ ।
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...


















-nepal-1793665142.jpg)