Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

संगठित अपराध कसूरमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ

sher-bahadur-kunwar-1795051360.png

मन्त्री राय र कुँवर

३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी रूपमा रकम असुली गरी ठगी तथा सङ्गठित अपराध गरेको कसूरमा पूर्वमन्त्रीद्वयसहित ६ जना उच्चपदस्थ अधिकारी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीद्वय वर्ष ६० का शेरबहादुर कुँवर र वर्ष ६१ का रामेश्वर राय यादव रहेका छन् । त्यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव वर्ष ६४ का विनोद केसी, सोही मन्त्रालयका तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुखहरू तथा सहसचिवद्वय वर्ष ५१ का उमेश ढुङ्गाना र वर्ष ५३ का राजिव पोखरेल पनि पक्राउ परेका छन् ।
रोजगार व्यवस्थापन महाशाखाकी तत्कालीन कानून अधिकृत तथा उपसचिव वर्ष ४९ की निर्मला गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ । यस सङ्गठित ठगी तथा विदेशी मुद्रा अपचलन प्रकरणमा थप कानूनी कारबाही तथा अनुसन्धान जारी रहेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारको पत्र तथा विकास रानाभाट समेतको जाहेरीका आधारमा नेपाल सरकार वादी भई प्रतिवादी कैलाश खड्का समेत भएको ठगीसम्बन्धी कसूर तथा सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसूरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
मलेसिया र नेपालबीच भएको सम्झौताको दायरा र कानूनी प्रक्रिया विपरीत अधिकार क्षेत्र नाघेर बदनियतपूर्वक विदेशी मुद्रा अपचलन गराई देशको अर्थतन्त्रको मुद्रा सञ्चितीकरणमा गम्भीर नोक्सानी पुर्‍याउने गरी निर्णय गरिएको अनुसन्धानबाट खुल्न आएको छ ।
अनुसन्धानका क्रममा मलेसिया जाने श्रमिकहरूसँग गैरकानूनी रूपमा ठगी गरी अमेरिकी डलर ८३ लाख ७० हजार ४३९ दशमलव ९२ र पाउन्ड स्टर्लिङ ३७ लाख १७ हजार ९८० दशमलव ८० गरी जम्मा १ अर्ब ६९ करोड दुई लाख २४ हजार २६ दशमलव ७६ रूपैयाँ संकलन गरिएको पाइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

सुदूरपश्चिम र चितवनबीच दोस्रो क्वालिफायर हुँदै
Nepal_Premier_League_offi-1795051585.png

३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...

संगठित अपराध कसूरमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ
sher-bahadur-kunwar-1795051360.png

३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1795050868.jpg

३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...

राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

सभामुख अर्याल र फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्ष पिरोनबीच भेट
dp-aryal-news-1794964638.jpg

२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...

थप समाचार