Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

नेपाल एसिया कपको समूह चरणबाटै बाहिरियो

HX5GB_qakAAs7PO-1795570582.jpg

९ मंसिर, हेटौंडा । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह चरणको अन्तिम खेलमा पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित भएपछि नेपालको यात्रा समाप्त भएको हो ।
पाकिस्तानले दिएको १६९ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमा ७२ रनमै अलआउट भयो । नेपालको ब्याटिङ निकै कमजोर रहँदा एक जना खेलाडीबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि ओपनर मयन यादवले सर्वाधिक ४१ रन बनाए । ५० बलको सामना गरेका उनी अन्तिम विकेटका रूपमा आउट भए । बसिर अहमदले ११ रन जोड्दा अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् । नेपालका ६ जना ब्याटर शून्य रनमै आउट भए ।
पाकिस्तानका मोहम्मद हस्नेन र सुफ्या मोकिमले समान ३ विकेट लिए । इमरान रान्धवाले २ तथा माज सदाकतले १ विकेट हात पारे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान शाहीन्सले ४२ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाएको थियो । पाकिस्तानका लागि रोहेल नाजिरले अविजित ६४ रन बनाए । उनले ८३ बलको सामना गरेका थिए । यस्तै हसन नवाजले २८, अहमद दनियालले १६, हेदर अलीले १५ तथा माज सदाकत र अब्दुल समदले समान १३ रन जोडे ।
नेपालका लागि रासिद खानले उत्कृष्ट बलिङ गर्दै ८ ओभरमा ३९ रन खर्चिएर ५ विकेट लिए । यो उनको लिस्ट ए करियरको पहिलो पाँच विकेट प्रदर्शन हो । लिस्ट ए क्रिकेटमा डेब्यू गरेका अभिशेष गौतमले २ विकेट लिए । कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले समान १ विकेट हात पारे ।
समूह ‘बी’ मा तीनवटै खेल जितेको पाकिस्तान शाहीन्स समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । भारत ‘ए’ उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ । नेपाल भने एक जित र दुई हारसहित समूह चरणबाटै प्रतियोगिताको यात्रा टुंग्याउन बाध्य भएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
nepali_congress-1795570889.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।  बैठक केन्द्रीय कार्यालय...

नेपाल एसिया कपको समूह चरणबाटै बाहिरियो
HX5GB_qakAAs7PO-1795570582.jpg

९ मंसिर, हेटौंडा । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795569896.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  हाल कोशी प्रदेशको हिमाली र...

सभामुख र कोरियाली राजदूतबीच भेट
dp-aryal-1-1795483454.png

९ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई...

गाँजासहित चार जना पक्राउ
ganja-1795457023-1795482912.png

८ मंसिर, हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका-९,...

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने
nepali_congress-1795482131.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।  केन्द्रीय कार्यालय, बीपी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795481870.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।  देशको हिमाली क्षेत्रका...

नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

थप समाचार