Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

मकवानपुरमा ७ गाउँपालिका

Gibisa-Photo-1474525940.jpg

६ असोज, हेटौँडा । स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले मकवानपुरमा ७ गाउँपालिका प्रस्ताव गरेको छ । जिविसका योजना अधिकृत किसान न्यौपाने नेतृत्वको प्राविधिक समितिले स्थानीय निकाय पुर्नसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेललाई बुझाएको प्रतिवेदनमा ७ गाउँ, १ नगर र १ उपमहानगरसहितको खाका पेश गरेको हो । समितिले राजनैतिक दलहरुले प्रस्ताव गरेको बैकल्पिक प्रतिवेदन समेत आयोगलाई बुझाएको छ ।


कस्तो छ त प्रतिवेदनमा स्थानीय तहको पुर्नसंरचनाको खाका ?
१) बागमति गाउँपालिका–राईगाउँ, फापरवारी र बेतिनि गाविस
२) बकैया गाउँपालिका–धियाल, शिखरपुर, छतिवन, मन्थली र ठिंगन गाविस
३) इन्द्रसरोवर गाउँपालिका– ईपा, कोगटे, सिस्नेरी, कुलेखानी, मार्ख र फाखेल गाविस
४) भीमफेदी गाउँपालिका– आमभञ्ज्याङ, सुकौरा, बुढिचौर, निबुवाटार, भैंसे, र भीमफेदी गाविस
५) बैकुण्ठ वा मेन्दोलिङ गाउँपालिका– नामटार, कालिकाटार, भार्ता, गोगने र डाँडाखर्क गाविस
६)  राक्सिराङ गाउँपालिका– सरिखेत, राक्सिराङ, काँकडा र खैराङ गाविस
७) राप्तिदुन गाउँपालिका– मनहरी र हाँडिखोला गाविस
८) थाहा नगरपालिका– थाहा नगरका दामन, पालुङ, बज्रबाराहीसहित आग्रा, टिष्टुङ र चित्लाङ गाविस
९) हेटौँडा उपमहानगरपालिका–पुरानो हेटौँडा नगर, पछि थपिएका हटिया, हर्नामाडि, चुरियामाई, पदमपोखरी, बसामाडिसहित मकवानपुरगढी गाविस

राजनैतिक दलहरुले पुरानो इलाकालाई नै स्थानीय तह बनाउनुपर्नेदेखि १२ तहसम्मको प्रस्ताव गरेका छन् । समितिले भने स्थानीय तहमा आफुले छलफल गराएको खाका नै प्रतिवेदनको रुपमा बुझाएको छ । जिल्लास्थित प्राविधिक समितिको सिफारिसलाई आयोगले अन्तिम रुप दिई पुनः जिल्लामा छलफल हुने जनाईएको छ । स्थानीय तहमा भएका छलफलमा जनसंख्यालाई बढि महत्व दिईएको र भौगोलिक क्षेत्रलाई महत्व नदिएको गुनासो विभिन्न क्षेत्रका स्थानीयको रहेको छ । प्राविधिक समितिको प्रस्तावमा सुकौराका स्थानीय र आमभञ्ज्याङका पत्रकारले समेत असन्तुष्टि जनाएका थिए ।

तस्विर : जिविस मकवानपुर

Gibisa-Photo1-1474525941.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रपति पौडेलद्वारा एउटा अध्यादेश जारी

१७ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले १ वटा अध्यादेश जारी गरेका छ्न् । सरकारले ६ वटा अध्यादेश...

१५ दिनमै पारिश्रमिक दिने कार्य शुरु
Artha-mantralaya-finance-1777512357.jpg

१७ बैशाख, हेटौंडा । सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य शुरु गरेको छ । बुधबारदेखि १५ दिनमै...

कांग्रेस रामेछाप सभापति कान्छाराम निलम्बित
purna-b-tamang-1777512052.jpg

१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई अनुशासन...

देशभर साधारणता बादल लाग्ने
Screenshot_20250526_06180-1777511491.jpg

१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...

उच्च अदालतको न्यायाधीशमा थपलिया नियुक्त
jitendra-thapaliya-1777424526.jpg

१६ बैशाख, हेटौंडा । उच्च अदालतको न्यायाधीशमा जितेन्द्र बाबु थपलिया नियुक्त भएका छन् । न्याय परिषदका प्रवक्ता...

बाम एकताको लागि आह्वान
nekapa-1-1777424349.png

१६ बैशाख, हेटौंडा । नेपाली कम्युनिष्ट पार्टीले बाम एकताको लागि आह्वान गरेको छ। पार्टी मुख्यालय पेरिसडाँडामा...

रोल्पाका मगरको शिक्षाका लागि शिवमको सहयोग
Screenshot_20260429_06373-1777423977.jpg

१६ बैशाख, हेटौंडा । शिवम् सिमेन्ट्स लिमिटेडले रोल्पाका १२ वर्षीय बालक सन्देश बुढा मगरको शिक्षाका लागि...

बिपी राजमार्गमा सवारी आवागमन बन्द
1761822539-5KssF-1777423200.jpg

१६ बैशाख, हेटौंडा । वर्षाका कारण बिपी राजमार्गमा सवारी आवागमन बन्द गरिएको छ । काभ्रे जिल्लाका विभिन्न स्थानमा...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1777422895.jpg

१६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg