Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

काँग्रेसको अर्थनीतिमा अन्य पार्टी चलेका छन् : महत

ht-prasishan-3-1525881806.jpg

२६ बैशाख, हेटौँडा । नेपाली कांग्रेस सहमहामन्त्री एवं पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपाली काँग्रेसको नीति र खुला अर्थनीतिमा नेपालका अन्य पार्टीहरु चलिरहेको बताएका छन् ।
नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलको संसदीय अभ्यास सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रमको बुधबार काठमाण्डौंमा उद्घाटन् गर्दै डा. महतले अन्य पार्टीहरु काँग्रेसको विचार र अर्थनीतिमा चलेकाले काँग्रेस तल नपरेको बताए । उनले मतका हिसावले अहिले कांग्रेस केही पछि परेको भएपनि विचार र नीतिको दृष्टिकोणले सधै अघि रहेको बताए ।
देशका प्रमूख घटनाक्रमहरुमा कांग्रेसको नेतृत्वले नै यो सब सम्भव भएको बताउँदै डा. महतले संसदमा प्रस्तुत हुँदा प्रभावकारी र सशक्त ढंगले प्रस्तुत हुन प्रदेशसभा सदस्यहरुलाई निर्देशन दिए । उनले जहिले पनि जनताको हितमा काम गर्ने भएकाले प्रदेशसभामा पनि जनताका मुद्धामा सधै आवाज उठाउन प्रदेशसभा सदस्यहरुलाई सचेत गराएका छन् ।
३ प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सहमहामन्त्री डा. महत र केन्द्रीय सदस्य रमेश प्रशिक्षण दिएका थिए ।
केन्द्रीय सदस्य लेखकले प्रदेशसभा बैठक संचालनमा दलको भूमिका, संसदमा राष्ट्रिय/अन्तर्राष्ट्रिय अभ्याससहितको बृत्तचित्र र डा. महतले प्रदेश आर्थिक प्रणाली, काँग्रेसले ४८ सालदेखि लिएको खुला अर्थनीति र आगामी दिनमा दलले खेल्नुपर्ने भूमिका बारेमा प्रदेश सांसदहरुलाई प्रशिक्षण दिएका थिए ।
प्रशिक्षणमा कांग्रेस ३ नम्बर प्रदेशका २१ जना प्रदेशसभा सदस्यको सहभागिता रहेको संसदीय दलका सदस्यसचिव निमा लामाले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार